[मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।
मेरो खबर नखोज्नु, म सबै देखि, टाढा छु।]…२
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[थोरै आँसुमा डुब्दैन, चर्लुम्म जिन्दगी। 
दुइ चार घाउ अझै लेख्नु, मेरो नाममा]…२  
मेरो चिनारी नखोज्नु, म आफै देखी, हराउँदै छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[सल्किएर पनि म, खरानी भईन। 
अझै आगो लगाउनु, मेरो घरमा ]…२ 
मेरो ठाउँ नखोज्नु, म पहिरोमा, उभिएको छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…४  

देउरालीमा बतास चल्यो।…२ 
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।…२
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।
 
बाँजको पात हल्लाउदै, छहरालाई गिज्याउँदै।…२
उकालीको बादलुलाई उडाउदै, जिल्याउँदै ।…२ 
गुराँस घारी पाखो खुल्यो, पाखो खुल्यो, पाखो खुल्यो। 
देउरालीमा बतास चल्यो।देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।

सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा।…२  
सप्तरंगी चिमल फूलको ओठ चुम्दै नौ डालीमा।…२  
भौतारिंदै हुस्सु डुल्यो, हुस्सु डुल्यो हुस्सु डुल्यो। 
देउरालीमा बतास चल्यो।देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।

घारी घारी जिस्की पस्दै, डाली डाली बस्दै बस्दै।…२  
कहिले काहीं थाके जस्तै, संगीत र सुगन्धको।…२  
सुइँको पाए मात्ते जस्तै, 
यतै कतै फूलमा भुल्यो फूलमा भुल्यो फूलमा भुल्यो 

देउरालीमा बतास चल्यो।…२
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।
You Might Also Like These Songs
Total Views