[तिम्रो मेरो सम्बन्धको, अर्थ खोज्न कर लाग्यो।...२
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।]...२

[जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले।
तिमीसंगै हाँसी खुशी, संगै मर्छु भन्नेले।]...२
दोबाटोमा छादिदिएउ, एक्लै हिड्न कर लाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

[मुटुभित्र बास मागी, मन डढाउनेले।
थाहै नदिई कलेजीमा, छुरा चलाउनेले।]...२
हास्दै बिदा मागीदिएउ, जाऊ भन्नै कर लाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

[स्मृतिका छाल छाडी, टाढा गईदिनेले।
आँखाभरी आँसु दिई, पराई भैदिनेले।] ...२
हृदयको घाऊ दिएउ, सुम्सुम्याउनै करलाग्यो।
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।

तिम्रो मेरो सम्बन्धको, अर्थ खोज्न कर लाग्यो।...२
ऐना हेरी आफै संग, प्रश्न सोध्न डर लाग्यो।



ठुला-ठुला महल होइन, सीप सिकाउने झुपडी देउ दैव।
हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देउ।
झुपडीमा हात तिखार्छु, खेतैभरि पसिना चुहाउछु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु।

भोकालाई भोजन देउ, लाजलाई ढाकीदेउ।...२
प्यासीलाई चट्टान फुटाऊ, रुखो खेतमा बादल खसाऊ,
बाझो कोखमा, मूल फुटाउ।...२
रगत माग्ने तलवार होइन,मसि माग्ने कलम देउ, राजन।
धेरै बोल्ने ऒठ होइन, सेवा गर्ने हात देउ।
ईतिहास म आजै लेख्छु, हातेमालो म आजै बुन्छु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु।

धन हुनेलाई मन देउ, मन हुनेलाई सारथी बनाऊ।...२
प्रिती गास्ने साइनो देऊ, गाउँ-गाउँ पुग्ने पाइला देउ।
फेरि एउटा बुद्ध पठाऊ।...२
धर्ती फोड्ने बारूद होइन, मन फर्काउने ज्ञान देऊ दैव।
मागिहिड्ने जोगी होइन, दर्शन बाड्ने पुजारी देऊ।
वेदले म बुद्धत्व पाउछु, दर्शन पाई, म पाइला सार्छु।
अब आउने साल हेर, मेरो चन्द्र सुर्य फ़र्फ़राउछु।
लहराउछु……हो…… फ़र्फ़राउछु ...३



पुरानो डुंगा, पानीको छाल, पार गरूँ कसरि।
उनि छिन पारी, तरेर लौ न, भेटु म कसरि...२।
पुरानो डुंगा।

बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई।...२
एउटै मुटु, दुइ टुक्रा पारी, छुट्यायो मलाई।
चर्किदै गयो, बिछोडको घाऊ, सहुँ म कसरि...२।
पुरानो डुंगा।

प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र।...२
हुरीको सामु, आँखाको ज्योती, के जल्न सक्छ र।
मालीबिनाको जंगली फूल झै, फुलुं म कसरि...२।

पुरानो डुंगा, पानीको छाल, पारगरूँ कसरि।
उनि छिन पारी, तरेर लौ न, भेटु म कसरि...२।
पुरानो डुंगा।



अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२
न मनैमा सजाउनै सके, न कसैलाई सुनाउनै सके।...२
आशु दिईन मलाई, आफ्नो निशानी।
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२

भावनामा डुबाई-डुबाई, लैजाने नै तिमी मलाई।...२
बिर्सेछैन काखमा राखी, माया-प्रेमका कथा बुनाई...२।
भन्थेउ तिमी हाम्रो माया, दुनियालाई देखाउनु छ।...२
तर आज कसले लग्यो, सुनै-सुनको डोली चढाई।
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२

आँखाका ति भाका तिम्रा,आफ्नै ठान्ने यो मन।...२
ओठका मुस्कानहरु, आफ्नै ठान्ने यो तन...२।
पराईको संगी रैछौ, पराईको संगी सिउँदो संगै।...२
उपहार कस्तो तिम्रो, भोजमा आउने निम्तो दिन्छौ।

अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२
न मनैमा सजाउनै सके, न कसैलाई सुनाउनै सके।...२
आशु दिईन मलाई, आफ्नो निशानी।
अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...३

E                                     D             E
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...२
E                                         D
[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
                                  A                     E
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]...२
E                                      D               E
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...२

E                                                       D
[रात्रिको अँधेरी, बिहानीको सुनौलो, यहि नै संसारको रित हो साथी।
                                      A                          E
हर एक पलमा, दुखै दुख छन, सुख त बहाना नै हो।]...२
E      D                     E                D                 E
आउने साथ आफ्नो नै निम्ती, जान साथ, अर्कैको निम्ती...२।

जिन्दगीको के छ र आशा, मृत्युको बादलले घेरेकै छ।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...२

[मान्छेले चाहेको त्यो कहाँ पुग्छ र, न त कहिले पुग्ने नै छ।
हरेक जीवन, जिउनको निम्ती, सम्झौता त हुनु नै छ।]...२
जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै।...२
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै...२।

[जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो।
दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]...२
हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।...३   

Mero Mann




मेरो मन, यो मेर मन, दिईसके तिमीलाई,मेरो मन।
मेरो मन, यो मेर मन, दिईसके तिमीलाई
[तिम्रो आँखामा झुले, तिम्रो बोलीमा भुले।
आफ्नो बनाई सकें तिमीलाई।]...२
होहोहो …हाहाहा

केहि पाई, केहि गुमाउनु, दुनियाको पुरानै कहानी।
तिम्लाई पाई मृत्यु कमाउनु, भाग्य मेरो, हुनेछु खरानी।
मेरो खुशी,तिम्रो नै हासो, हासि खुशी तिमी संगै।
लेखिदिन्छु मेरो कहानी…३ कहानी।
होहोहो …हाहाहा

चार दिनको यो जिन्दगानी, दुई पलको केवल जवानी।
दुइ पल बित्यो, दुइ पल छ बाँकि, हासि खुशी तिमी संगै।
लेखिदिन्छु मेरो कहानी…३ कहानी।होहोहो …हाहाहा।

मेरो मन, यो मेर मन, दिईसके तिमीलाई।...२
मेरो मन। 
You Might Also Like These Songs
Total Views