Capo on 3rd freight
C                        G   Em                  F
सम्झनाको सारंगी यो, रेंटिदा पो चाल पाएँ।
C                        G   Em                  F 
आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ।
     G              C    Em                 C 
मेरो प्यास हौ तिमी, मेरो आस हौ तिमी।
C                  G      Em           Am
जीवनको अँधेरीमा, प्रकाश हौ तिमी। 
C                    F            C
आ आअ आअ, प्रकाश हौ तिमी। 

C                 C          F             C
भवंरा झैँ डुल्ने मनले, कुन्नी के पो देख्यौ। 
 Em                C        F                  C
फूल लाई चुस्न छाडी, छातीमा पो लेख्यौ। 
C            G#M              C   
कस्तो गाढा प्रेमरंग, मेंटिदा पो चाल पाएँ। 
C               Fm          G          C G#M C
आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ। 
G                  C   Em           C
उल्लास हौ तिमी, मधुमास हौ तिमी।
C                        G      Em          Am
जिन्दगी नै मगमगाउने, सुवास हौ तिमी। 
C                        F         C   
आ आअ आअ, सुवास हौ तिमी। 

C                 C          F             C 
तिम्रो माया तेल हुँदा, म उज्यालो बत्ती थिएँ।
 Em                C        F                  C 
तिम्ले मिलाई दिन्थ्यौ र पो, जित्ने तास पत्ति थिएँ।
C            G#M              C   
कहाँ पुगे, खै के भएँ, फ़िट्टिदा पो चाल पाएँ। 
C               Fm          G          C G#M C
आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ। 
G                  C   Em           C
मेरो खास हौ तिमी, बिस्वास हौ तिमी।
 C                 G      Em        Am
यो मुटुले फेर्ने हरेक, सास हौ तिमी 
C                        F             C   
आ आअ आअ, मेरो सास  हौ तिमी।  
 

ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी। 

नशा-नशा रगतमा, छौ तिमी।
पिरतीको अर्को नाम, हौ तिमी। 
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी। 
मैले हत्ते गरेर, के गर्नी। 
ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी।…२
 
बसेका छौ, मुटुमै गढेर। 
खुशी छु म, झन माया बढेर। 
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी। 
मैले हत्ते गरेर, के गर्नी। 
ओई पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नी।…२

ओरिमै हो, सालै जो, मैले हत्ते गरेर के गर्नी।

पर्छन होला देखेर जिल्ल।
तिम्रो नामको यो दिलमा चार किल्ला।
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी। 
मैले हत्ते गरेर, के गर्नी। 
ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी।…२

माया गरौँ दुई मुटु साँटेर। 
भए भरका सीमाना काटेर। 
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी। 
मैले हत्ते गरेर, के गर्नी। 
ओई पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नी।…२ 

ओरिमै हो, सालै जो, मैले हत्ते गरेर के गर्नी।

सम्झे नि के भो, बिर्से नि केभो, त्यो यात्रा अधुरो।…२
बलेनी के भो, निभेनी के भो, त्यो दियो मधुरो।
के के अधुरो, के के मधुरो।…२
त्यो सास अधुरो, यो आश मधुरो।
सम्झे नि के भो।

चिनारी नौलो, रुप सुनौलो, सपना मन भित्र।…२
सम्बन्ध गहिरो, गंगाजल झैँ, पिरती पवित्र।…२
कसले ढाँट्यो, विश्वास फाट्यो, जिन्दगी अधुरो।
के के अधुरो, के के मधुरो।…२
त्यो वाचा अधुरो, विश्वास मधुरो।
सम्झे नि के भो।

चाल मन्दमन्द,फूलको सुगन्ध, जादु छाएसरी।…२
पलपल आनन्द, नौलो तरङ्ग, संसारै पाएसरी।…२
कसरि छुट्यो, कसले लुट्यो, खुशी नै अधुरो।
के के अधुरो, के के मधुरो।…२
त्यो मिलन अधुरो, मिठास मधुरो।
सम्झे नि के भो।    

[तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस।
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस।]…२
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे।
बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…२

सागरको, मोती होईन, जुनको ज्योती हैन।
मनभित्रको मिठो माया देउ।
आकाश झरे सहन्छु, दुखै परे सहन्छु।
तर तिमी हुनुपर्छ, मेरो छेउ।

तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस।
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस।
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे।
बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…२

मेरो चाह तिमी नै, मेरो लक्ष्य तिमी नै।
जीवन सफल हुन्छ तिमीलाई पाए।
एकै पल नि जिउँदो, रहने छैन म।
यदि मैले, तिमीलाई गुमाए।

तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस।
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस।]…२
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे।
बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…४

हाँरे म हाँरे रे, जित भयो तिम्रो।
रोए म रोए रे, हाँसो सबै तिम्रो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।

सोचेको थिँए, हुनेछ संसार, अतिनै सुन्दर।
दिएको थिँए , मन मुटु मेरो।…२
तिमीलाई आफ्नै सम्झेर।
पिए रे पिए रे, आँसु सबै आफ्नो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।

तिम्रो त्यो वाचा, तिम्रो त्यो प्यार, रहेछ सब झुटो।
आगोको रापमा, जलाई तिमीले।…२
उपहार दियौ, चोटको।
हाँरे म हाँरे रे, जित भयो तिम्रो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।  

नबुझेको हैन तिम्लाई, नचिनेको हैन।…२
फेरी पनि तिम्लाई भुल्ने, उपाय नै छैन।…२
तिम्रो घरै भत्काउने, मेरो नियत हैन। …२
फेरी पनि तिम्लाई भुल्ने, ओखती नै छैन।…२

नेटो काटी गएकै हो, बिर्सन्छु कि भनि।…२
मान्छे यता, यो मन त्यतै, फर्क्यो फेरी पनि…२।
नबुझेको हैन तिम्लाई, नचिनेको हैन।…२
फेरी पनि तिम्लाई भुल्ने, उपाय नै छैन।…२

समुन्द्रको छाल जस्तै, यो मन छल्कीरन्छ।…२  
जतिजति, बिर्सुभन्छु, याद बल्झीरन्छ…२।
राम्रो सँग थाहा छ मलाई, तिमी मेरी हैन।…२
फेरी पनि तिम्लाई भुल्ने, उपाय नै छैन।…२

तिम्रो घरै भत्काउने, मेरो नियत हैन। …२
फेरी पनि तिम्लाई भुल्ने, ओखती नै छैन।…२ 

जे जे हुनु भैगो अब, कुरा न चलाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।

सपना मेरो एउटै थियो, बिपना पनि एउटै।…२
भेट्टाए झैँ लाग्थ्यो तिम्लाई, ढुँगा खोज्दा देउतै।
आधा सपना जलाई सक्यौ, पुरा न जलाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।

बास बस्न दिएँ दिलमा, थियौ कति जाती।…२
कुल्चिएर गयौ आज, मेरै छाती माथी।
सुन्यता नै प्यारो लाग्छ, चुरा न बजाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।

तिमीसँग नजिक भएर, खै कुन पाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

नदी बगेकै थियो, जुन झुल्केकै थियो।…२
जिन्दगी आफ्नै लयमा…२, चलिरहेकै थियो…३।
लय आफ्नै जिन्दगीको, बर्बाद गरें।…२  
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

जब तिमी थिईनौ, सबै मेरा थिए।
तिमी आयौ भनि मैले…२, सबै बिर्सिदियें…३।
ढुँगालाई पग्ली भनेर, करकाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

तिमीसँग नजिक भएर, खै कुन पाप गरें।…२
लाग्दैछ जिन्दगीकै बिरुद्ध, सहि छाप गरें।…२

दिप बनोस यो, हाम्रो जीवन।…२
यात्री बाटो देखाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।
यात्री बाटो देखाउनलाई।
तन मन बचन, शुद्द बनोस।…२
सबको मुहार, हसाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।

[छाना बनोस, नाना बनोस।
भोकाहरुलाई, खाना बनोस।]…२
हाम्रो जीवन, दिल टुटेका।…२
प्रेमी हरुको, गाना बनोस।
दिप बनोस यो, हाम्रो जीवन।

[दान दिने, दानी बनोस।
प्यासी हरुलाई, पानी बनोस।]…२
अमृत रुपी वृक्ष बन्दै।…२
सुगन्धको खानी बनोस।
दिप बनोस यो, हाम्रो जीवन।
यात्री बाटो देखाउनलाई।
तन मन बचन, शुद्द बनोस।…२
सबको मुहार, हसाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।



रुप यौवन तिम्रो, फुल झैँ कोमल मन यो।…२
छिनछिन मै पग्लिरहने, मायामा झनझन यो।
मनमोहिनी मेरी संगिनी।…६

लाली त्यो ओठ टोकेकी, लाजले शिर झुकाकी।…२
मुटु नै घाइते बनाई…२ , भन यो के गरेकी।
मनमोहिनी मेरी संगिनी।…६

प्यासी छौ प्यारको दासी, कोमल अंग छ साक्षी।…२
मुहार तिम्रो हँसिलो…२, बोली त्यो मिठो रसिलो।
मनमोहिनी मेरी संगिनी।…६

रुप यौवन तिम्रो, फुल झैँ कोमल मन यो।…२
छिनछिन मै पग्लिरहने, मायामा झनझन यो।
मनमोहिनी मेरी संगिनी।…६



मैले बा आमा त्यागेर रोजेको, मायाले मलाई धोका दिई।…३
मन कि त सारै कुरुप रैछे, रुपमा त सारै राम्री थि।...२
मैले बा आमा त्यागेर रोजेको, मायाले मलाई धोका दिई।

बा ले भन्थे यो तेरो प्रेम, दुई दिनमै झर्ने फूल हो भनेर।...२
आमाले भन्थिन ए छोरा, बैशको ठुलो भूल हो भनेर।
सुनिन मैले कसैको कुरा,माया नै मेरो सबथोक भनेर।
मैले बा आमा त्यागेर रोजेको, मायाले मलाई धोका दिई।

माया गरेथे संसारै भुली, म प्रेमको सारै अन्धो बनेर।...२
खेलौना सम्झी खेलाई छाडी, मलाई उसले सोझो देखेर।
के थाहा  मलाई यो हाँसो भित्र, यति ठुलो घात हुन्छ भनेर।

मैले बा आमा त्यागेर रोजेको, मायाले मलाई धोका दिई।...२
मन कि त सारै कुरुप रैछे, रुपमा त सारै राम्री थि।...२
मैले बा आमा त्यागेर रोजेको, मायाले मलाई धोका दिई।



[आँखामा निँद छैन, मनमा चैन छैन।
किन भयो के भयो, मलाई केहि थाहा छैन।
कसैलाई सम्झिरहन्छु, एकान्तमा हराईरहन्छु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२]…२

कसैलाई सम्झन्छु म, आफैलाई भुलिरहन्छु।
यतै हुन्छु कल्पनामा, अर्कै संसार डुलिरहन्छु।
उनकै माया पोखिपोखी…२ मेरो आँखा भिजाई रहेछु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२

माया हो कि, पिर हो कि खुशी हो कि मनमा आज।
कहिले उदास कहिले दङ्ग, के के हुन्छ तनमा आज।
कोहि आउने बाटो हेरी…२, दोबाटोमा चिहाई रहेछु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२

आँखामा निँद छैन, मनमा चैन छैन।
किन भयो के भयो, मलाई केहि थाहा छैन।
कसैलाई सम्झिरहन्छु, एकान्तमा हराईरहन्छु।
सायद मायामा फसें कि,सायद मायामा फसें कि म।…२



मर्ने कसैलाई रहर हुदैन।...२
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।

[हुदैन मान्छे मात्रै नजाती।
दैब पनि रहेछ पक्षपाती। ]…२
कोपिला नै पनि त झर्छ कहिले।…२
सधै सजिलो सफर हुदैन।…२
मर्ने कसैलाई रहर हुदैन।

जीवन किन यहाँ, चल्दैन उस्तै।
चल्दैन उस्तै… चल्दैन उस्तै।
जीवन किन यहाँ, चल्दैन उस्तै।
बत्ती दियोमा, बल्दैन उस्तै।...२
कस्तो खटन हो, यो नियतिको।...२
कुन निभ्छ, कहिल्यै ठहर हुदैन।...२

मर्ने कसैलाई रहर हुदैन।
तर नमरेको प्रहर हुदैन।...२
भागेर जाऊ, कुन ठाउँ जाउँ।...२
मान्छे नमर्ने, शहर हुदैन।...२
मर्ने कसैलाई रहर हुदैन।



[तिमी नै हौ मेरो जीवनको आशा।
मैले देख्ने सपनाको, तिमी भरोसा...२।]…२
तिमी नै हौ मेरो।

नतोड है कहिल्यै पनि, बिश्वास मेरो।…२
हरघडी लागिरन्छ, केबल आश तिम्रो।
तिमी नै हौ मेरो, हृदयको भाषा।
मैले देख्ने सपनाको, तिमी भरोसा...२।
तिमी नै हौ मेरो जीवनको आशा।
मैले देख्ने सपनाको, तिमी भरोसा...२।
तिमी नै हौ मेरो। तिमी नै हौ.… ५।

मनमा केही कुरा भए, तिमीले भन्नु पर्छ।...२
कुरा मनमा पाल्यो भने, दुरी हाम्रो बढ्छ।
तिमी नै हौ मेरो हृदयको भाषा।
मैले देख्ने सपनाको, तिमी भरोसा...२।
तिमी नै हौ मेरो…..।



[हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।...२
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।]...२

[गुराँस फुल्यो पाखैमा, झम्के फुली नाकैमा।...२
माया बस्यो ए कान्छी ल है, गाजलु ती आँखैमा।]...२

केशराशी नचाउदै मुसुमुसु हाँसेकी।
हिमालको आगनीमा डाँफे सरि नाचेकी।
फरिया र चौबन्दीमा वनपाखा डुलेकि।
जाइ-जुइ चमेलीमा पनि देख्छु फुलेकी।

हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।

उकालीमा थकाई मार्ने, वरपिपलको छायाँ।
जता जाऊ किन लाग्छ मलाइ तिम्रै माया।
पर्खिबस्नु चौतारीमा, फेरी भेट्न आउँला।
यार्सागुम्बा टिप्न जाउँला, मिठो माया लाउँला।

[गुराँस फुल्यो पाखैमा, झम्के फुली नाकैमा।
माया बस्यो ए कान्छी ल है, गाजलु ती आँखैमा।]...२
हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।...३



जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।...२
तिम्रो हातले बुनिदिंदा, टपरी र दुनै राम्रो...२।
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।

आँखै राम्रो, आँखामाथि परेलीको भेष राम्रो।
आँखै राम्रो, आँखामाथि।
आँखै राम्रो, आँखामाथि परेलीको भेष राम्रो।
मन्द मन्द बतासमा, फरफराउने केश राम्रो।
ओठै राम्रो, त्यसैमाथी, पोतिएको लाली राम्रो।
मनै त हो मलाइ मेरै, रोजाईकी काली राम्रो...२।
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।

हातै राम्रो रंगीचंगी, फूलका थाली अझै राम्रो।
हातै राम्रो रंगीचंगी,
हातै राम्रो रंगीचंगी, फूलका थाली अझै राम्रो।
छनछनाई बझिदिदा, सुनका बाली झनै राम्रो।
चिसोचिसो गोधुलीमा, त्यो मायाको काख राम्रो।...२
यति चोखो माया पाउनु, यो भाग्यलाई लाख राम्रो...२।
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।  



भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।…२
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।

माग्नु पर्छ भने पनि, भए जति देउतासँग।…३
भए जति देउतासँग।
तयार छु म मन्दिर, मस्जिद गुम्बाहरु धाउनलाई।
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई।

तिमी मेरो सर्वश्व हौ, तर तिमी बाहेक यहाँ।…२
तर तिमी बाहेक यहाँ।
तयार छु म दुनियाँका, सबै थोक गुमाउनलाई।
मलाई मन छ तिमीसंगै, चोखो माया लाउनलाई।
चोखो माया लाउनलाई।
भन के के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई। 



मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।

नजानेरै तिम्रो चित्त दुखाएकी मैले।
तिमि संग कुनै कुरा लुकाएकी मैले।
रिसै उठे आँखा तिमीले तरेपनी हुन्थ्यो।
आफ्नै ठानी जती गाली गरेपनि हुन्थ्यो।

मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।

संगै हिड्दा कतै खुट्टा लाग्यो की तिमीलाई।
मैले बोल्दा मनमा ठेस पुग्यो की तिमीलाई।
चित्तै दुखे मन खोलेर माझेपनि हुन्थ्यो।
गल्ती भए मुख फोरेरै बाझेपनि हुन्थ्यो।

मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।


मेरो देश डुब्नै लाग्यो ......
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।
सपुत छौ कि कोहि, माझी बचाइदेउ।...२
केहि ढुकढुकी छ बाँकी,[ मर्न तेसै नदेउ।]...२

आएन कोहि यो देश लै आँखा भरि लुकाउने ....हो।
जति आए, उस्तै आए, आफ्नै दुनो सोझ्याउने।...२
अरु भोकै प्यासै मर्दा, आफु अझै रमाउने।
नेपाली को पीडाले [आँसु कति नझार्ने।]...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

एउटा थियो खुकुरी, नेपालको शान राख्ने।
के थाहा,बर्सिएर छुटाउञ्छ शिर आफ्नै।...२
उज्यालो कतै छैन, आशा छैन कहिं।
अशान्ति नै देख्छु, [रोदन जहि तही।] ...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

कुर्दै छन् यस्तो मान्छे, जसले यो देश जोगाउला।
बिध्वन्ष क्रान्ति साटो, शान्ति को बिउ रोपला।
जसले हिमाल तराई पहाड, सबै एउटै देखला।
नेपाल शिरमा राखी शान्तिको गीत गाउला।

मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।



बल गरेर त्यो मन यता मोड म।
माया गर्छु थाहा छ मलाई छोड भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।

म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने।
तिम्ले आफना आफन्तलाई होला सोध्नु पर्ने।
रितै हो जन्म घर छोड्ने, क गर्छौ खोइ तिमि?
जन्मघर संगको नाता तोड भन्दिन म।
पराइको पछ्यौरी त्यो ओढ भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।

बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न।
मन पराई एउटालाई यात्रा न होस् भिन्न।
गार्हो हुन्छ कहिलेकाहिं साँचो माया चिन्न।
तिम्रो माया टुक्रा पारी तोड भन्दिन म।
फल नदिने वृक्ष लै गोड भन्दिन म।
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै।
मै संग नाता जोड भन्दिन म।
म त माया गर्छु तिमीलाई नै।
You Might Also Like These Songs
Total Views