नखोज रंग आँसु र पानीको, मायामा फुल्ने यो जिन्दगानीको।…२

सुनैको सपनी छैननि मसँग, हीराको बिपनी छैननि मसँग।…२
हे मालती, 
खोज शिर फूलमै मायाको संसार, मुटु तिमीनै,तिमीनै जुहार।…२

तिमीनै सपनी, के छ र मसँग, तिमीनै विपनी, को छ र मसँग।…२
हे पियार। 
तिमी नै लाख, तिमी नै हजार,मुटु तिमी नै, तिमी नै जुहार।…२

मायाले दुरी गन्दैन, घाम र जून भन्दैन।…२
दुइ मुटु हाम्रो साक्षी छन्, फैलिन्छ माया घट्दैन।…२ 

डाँडाले रोक्न सक्दैन, खोलाले छेक्न सक्दैन।…२
पिरती हाम्रो बतास हो, सुवाश छर्न छोड्दैन। …२ 

सुनैको सपनी छैननि मसँग, हीराको बिपनी छैननि मसँग।…२
तिमीनै सपनी, के छ र मसँग, तिमीनै विपनी, को छ र मसँग।…२
हे मालती, 
तिमीनै लाख, तिमीनै हजार,मुटु तिमीनै, तिमीनै जुहार।
खोज शिर फूलमै मायाको संसार, मुटु तिमीनै,तिमीनै जुहार।
नखोज रंग आँसु र पानीको, मायामा फुल्ने यो जिन्दगानीको।…२

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि दरौंदी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गएझैँ हुन्थ्यो।
साथीसंगी सँग जेखाएपनि, बिहेकै भतेर खाएझैँ हुन्थ्यो।
लेकरबेशी गर्दाहै हामी, दिनपनि हुन्थ्यो, रातपनि हुन्थ्यो।
छुट्टिनुपर्दा तिम्राति आँखा, दरौंदीजस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिनेआशमा, दुबैकोमन धपक्कै बल्थ्यो।

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।
You Might Also Like These Songs
Total Views