[सैयौ जुनी भन्दा बरु, मलाई मेरै बालापन देउ।
मेरो मालीक तिमी कहीं छौ भने।
त्यो कोमल चंचल, मन देउ।]…२
सैयौ जुनी।
भंछन सबै हातको रेखा यो, फेरिदैन रे, मेटिदैन रे।
जसले लेख्यो भाग्य निधारैमा, उ देखिदैन रे, भेटिदैन रे।
भन्छन खेला हो रे त्यो, भन्छु झेला हो रे यो।
संसार फेर्ने निधार भन्दा बरु, जिउने एक आधार देउ।
मेरो मालीक तिमी कहीं छौ भने।
यहाँ मान्छेको संसार देउ, सैयौ जुनी।
आफ्नो भाग्य कर्मैले लेखिने, ठाउँ छ कहाँ, गाउँ छ कहाँ।
जुनिभरि तिर्दैछु, कसको ऋण त्यो, साहु छ कहाँ …२।
भन्छन देउता हो रे त्यो, मालिक एउटा हो रे त्यो।
आँसु हाँसो, सुख दुख जब, बांडीदैन भने यहाँ।
मेरो बिन्ती छ, हे दैब तिमी यहाँ, दुइटा अलग संसार देउ।
सैयौ जुनी।