[गुडेको रेल पनि, रोक्दिन्थे मैले त।
उर्लेको भेल पनि छेक्दिन्थे मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

[घरको ऐनामा राम्रै देखिन्छु।
टोलभरि सबैले, हिरो छस भन्छन।]…२
त्यो भन्दा ठुलो, यो मेरो दिल छ।
खै कैले यो दिल, त्यो दिलमा मिल्छ।
[आगोलाई पानीमा, बाल्दिन्थे मैले त।
दश रेक्टर भुईचालो, थाम्दिथ़े मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

[आकाशमा लाखौ लाख छन तारा।
एउटै जुनलाई छैन सहारा।]…२
भगवानले मलाई यति कुराका।
सायद तिमी नै, हो कि जुराका।
[औशी लाई पुर्णिमा, पार्दीन्थे मैले त।
धर्तीमै जुनतारा झार्दिन्थे मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

गुडेको रेल पनि,रोक्दिन्थे मैले त।
उर्लेको भेल पनि छेक्दिन्थे मैले त।
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

माया त यस्तो होस, माया त यस्तो होस।…२
नजिक टाढा, जहाँ भएनी।
दुश्मन सारा, संसार भएनी।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
माया त यस्तो होस, माया त यस्तो होस।…२

[केहि होइन रुप, केहि होइन धन।
संसारमै ठुलो, मान्छेको मन।]…२
मन कहिल्यै नदुखोस।
माया त यस्तो होस, माया त यस्तो होस।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।

[बैशाखे गर्मी, साउने बर्खा।
लागी नै रहोस, मायाको तिर्खा।]…२
धित कहिले नमरोस।
माया त यस्तो होस, माया त यस्तो होस।…२
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
नजिक टाढा, जहाँ भएनी।
दुश्मन सारा, संसार भएनी।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
माया त यस्तो होस, माया त यस्तो होस।…३

मायाले बाँधिएको छ भने, यो जिन्दगी।…२
के माया गर्नु हुन्न र।…२
मुखले नाई, नाई, नाई भनेर भनेनी।
मनले जाऊ, जाऊ, जाऊ भनेको छ भने।
नजिकै पर्नु हुन्न र।
के माया…३, गर्नु हुन्न र।
मायाले बाँधिएको छ भने, यो जिन्दगी।
के माया गर्नु हुन्न र।…२

लुकाए पोल्छ, मायाले मन, फुकाए शितलु।…२
दुई मन मिले , चौतारी बन्छ, वर र पिपलु।
यो मनमा हुर्किएको, पिरतीको पालुवा।…२
त्यो मनमा सर्नु हुन्न र।
के माया गर्नु हुन्न र।

बहाना विना डुंगाले मात्रै, नदीको पार छैन।…२
दोहोरी लाए, लाइन्छ माया, एकोहोरी साल छैन।
म कति धाउनु सानु, तिम्रै लागी देउराली।…२
बेशी तिमी झर्नु हुन्न र।
के माया गर्नु हुन्न र।
मुखले नाई, नाई, नाई भनेर भनेनी।
मनले जाऊ, जाऊ, जाऊ भनेको छ भने।
नजिकै पर्नु हुन्न र।
के माया…३, गर्नु हुन्न र।

मायाले बाँधिएको छ भने, यो जिन्दगी।
के माया गर्नु हुन्न र।…४ 
[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]...२

सागर हो रे माया तर, थोपै भेट्न गार्हो।...२
सुन्नेलाई त ख्याल ख्याल, भोग्ने लाई छ सार्हो।
माया साह्रै महँगो।….३

बाचा संगै बाचै साट्ने, हाट बजारी खेल।...२
आफै  बसी बन्दकीमा, भोग्नु पर्ने झेल।
माया साह्रै महँगो।….३

[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]...२

मूल हौ भने रसाईदेऊ, फूल हौ भने बासाइदेऊ।…२
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
[माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।]…२

[अलि वर आऊ न, त्यता चिसो भईं भयो।
नचिनेको झैँ भयो, हो रि मै।]…२
एकबारको जुनी हो, बोले हाँसे हुनी हो।
मरे माटो मुनी हो, हो रि मै।
यो ज्यान पर्यो तिम्रै भर, मेरो अरु को नै छ र।
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।

[मैले जाँन्दिन र, छड्के कपाल कोरेको।
मेरो मन चोरेको, हो रि मै।]…२
माया मेरो रै छ नि,जानीजानी है छ नि।
नजाने झैँ गरेको, हो रि मै।
के को सरम के को डर, लाको माया जतन गर।
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।

मूल हौ भने रसाईदेऊ, फूल हौ भने बासाइदेऊ।…२
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
[माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।]…२
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।…२


[जाली माया नलाउनु, जालमा परिन्छ।
डुबेपछि नउत्रिने, तालमा परिन्छ।]…२
मायासँग जोगिन लाई, के के गरियो।
तर आज यहि मायाको, फेला परियो।
[छोयो छोयो छोयो मायाले।
परेलीको डिल हजूर, धोयो मायाले।]…२

[विशैविषको गोलो माया, चलाउदिन भन्थे।
जानीजानी आफैलाई, जलाउदिन भन्थे।]…२
दिलमा तालाचाबी लगाएकै हो।
अरुकै देखेर मन, अघाएकै हो तर।
[छोयो छोयो छोयो मायाले।
परेलीको डिल हजूर, धोयो मायाले।]…२

[दिनलाग्दा हजूर, बन्चरोले घुडो ताक्छ भन्थे।
आफुले लाइदैन माया, आफै लाग्छ भन्थे।]…२
सुनेकै कुरा दिलमा सजाएकै हो।
यो पापी माया कतै नलाएकै हो तर।
[छोयो छोयो छोयो मायाले।
परेलीको डिल हजूर, धोयो मायाले।]…२

हो…जाली माया नलाउनु, जालमा परिन्छ।
डुबेपछि नउत्रिने, तालमा परिन्छ।
मायासँग जोगिन लाई, के के गरियो।
तर आज यहि मायाको, फेला परियो।
[छोयो छोयो छोयो मायाले।
परेलीको डिल हजूर, धोयो मायाले।]…२
परेलीको डिल हजूर, धोयो मायाले। 
You Might Also Like These Songs
Total Views