सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि दरौंदी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गएझैँ हुन्थ्यो।
साथीसंगी सँग जेखाएपनि, बिहेकै भतेर खाएझैँ हुन्थ्यो।
लेकरबेशी गर्दाहै हामी, दिनपनि हुन्थ्यो, रातपनि हुन्थ्यो।
छुट्टिनुपर्दा तिम्राति आँखा, दरौंदीजस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिनेआशमा, दुबैकोमन धपक्कै बल्थ्यो।

यी आँखारुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।

न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।

मान्छे कति सुन्दर हुन्छन, जति अगाडिका आँखा।
तैपनि मनले किन ठान्छ, कोही काख कोही पाखा।

फूल राम्रो, फूल हुन बासना नि चाहिन्छ।
आफु भित्रै जलिराखे, बाहिर के नै पाइन्छ।
जल्दाजल्दै डढेपछि, भित्रभित्रै बलेपछि।
नाथे आँखाले के देखोस, सबै धमीलो, कालो
अविरल, अनन्त, नराम्रो, कुरुप संसार।

बरु आँखा नहोस, आँसु नझरोस।
सबैलाई मनले छाम्न सकियोस।
दुइ बचन न्यानो मायाको।
आमाले जस्तै, बाड्न पाइओस।

कहिले मन बहेर जान्छ, सकिन्छ कि जसै।
बिहान उठ्दा काँधको भारी, हिजोको आज उस्तै।
छोरा छोरी देख्दा मलाई, संसार जिते झै लाग्छ।
खै के थाहा, स्वर्ग भन्ने, यहि छ कि, कहाँ छ।

रंगीचंगी दुनियामा, रंगकै ठुलो भाऊ छ।
आफ्नो रंग चिनौ हामी, तेसमै जीवनज्ञान छ।
रातो, निलो, हरियो, पहेलो,सेतो सबै ठिक छ।
कालो पनि ठिकै छ, कालो रंगमा त झन, जे पोते हुन्छ।

दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।

मान्छे सबै अभिनय गर्छन, त्यो उनीहरुलाई नै ठिक छ।
दिल खोलेर माया गरौ, साँचो मायाले तेसै जित्छ।
आफु अघि जो भेटिन्छ, उसलाई माया गरौ।
एकबार को जिन्दगीमा, हासीखेली बाँचौ।

देख्या छैन देउतालाई, बाबा जस्तो कि आमा।
शत्रु छैन, मित्र छैन, सबै एक अर्काका ऐना।
आफ्नो भन्नु मनले हुन्छ, मुखले अर्को भइन्छ।
ठेस खाएर लडेपछि, बल्ल थाहा पाइन्छ।

नाच्दा-नाच्दै ढलेपनी, एकछिन जिउन त पाइयो।
केही गरेनि लान नमिल्ने, सम्पती किन चाहियो।
अब त्यसै नबसौं है, सहि समय कुर्दै।
दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।

माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…२

तिम्रो जीवन तिम्ले मलाई, दिई सक्यौ होइन र।…२
आँखाभरी आँसु बोकी, बिदा हुन्थ्यौ होइन र।…२
फेरी आज, मलाई छोडी, एक्लो बनाई, बिलाई गयौ।…२
माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…२

तिम्रो मुटु, तिम्ले मलाई, दिई सक्यौ होइन र।…२
जनम जनमको हाम्रो साथ, तिमी भन्थ्यौ, होइन र।…२
फेरी आज, मलाई छोडी, एक्लो बनाई, बिलाई गयौ।…२
माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…३

मान्छे कति सुन्दर हुन्छन, जति अगाडिका आँखा।
तैपनि मनले किन ठान्छ, कोही काखा कोही पाखा।

फूल कोमल खिल झिक्न काँडा नै चाहिन्छ।
आफु भित्रै जलिराखे, बाहिर के नै पाइन्छ।
जल्दाजल्दै डढेपछि, भित्रभित्रै बलेपछि।
नाथे आँखाले के देखोस, सबै धमीलो, कालो
अविरल, अनन्त, नराम्रो, कुरुप संसार।

बरु आँखा नहोस, आँसु नझरोस।
सबैलाई मनले छाम्न सकियोस।
दुइ बचन न्यानो मायाको।
आमाले जस्तै, बाड्न पाइओस।

कहिले मन बहेर जान्छ, सकिन्छ कि जसै।
बिहान उठ्दा काँधको भारी, हिजोको आज उस्तै।
छोरा छोरी देख्दा मलाई, संसार जिते झै लाग्छ।
खै के भन्या हुन, स्वर्ग भन्ने उ यहि छ कि, वहाँ छ।

रंगीचंगी दुनियामा, रंगकै ठुलो भाऊ छ।
आफ्नो रंग चिनौ हामी, तेसमै जीवनज्ञान छ।
रातो, निलो, हरियो, पहेलो,सेतो सबै ठिक छ।
कालो पनि ठिकै छ, कालो रंगमा त झन, जे पोते हुन्छ।
सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि दरौंदी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गएझैँ हुन्थ्यो।
साथीसंगी सँग जेखाएपनि, बिहेकै भतेर खाएझैँ हुन्थ्यो।
लेकरबेशी गर्दाहै हामी, दिनपनि हुन्थ्यो, रातपनि हुन्थ्यो।

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।
छुट्टिनुपर्दा तिम्राति आँखा, दरौंदीजस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिनेआशमा, दुबैकोमन धपक्कै बल्थ्यो।

एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।
दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।

मान्छे सबै अभिनय गर्छन, त्यो उनीहरुलाई नै ठिक छ।
दिल खोलेर माया गरौ, साँचो मायाले तेसै जित्छ।
आफु अघि जो भेटिन्छ, उसलाई माया गरौ।
एकबार को जिन्दगीमा, हासीखेली बाँचौ।

देख्या छैन देउतालाई, बाबा जस्तो कि आमा।
शत्रु छैन, मित्र छैन, सबै एक अर्काका ऐना।
आफ्नो भन्नु मनले हुन्छ, मुखले अर्को भइन्छ।
ठेस खाएर लडेपछि, बल्ल थाहा पाइन्छ।

नाच्दा-नाच्दै ढलेपनी, एकछिन जिउन त पाइयो।
केही गरेनि लान नमिल्ने, सम्पती किन चाहियो।
अब त्यसै नबसौं है, सहि समय कुर्दै।
दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।
You Might Also Like These Songs
Total Views