यो माया पनि नाटक…हो….हो।
यो माया पनि नाटक, यो दिल पनि नाटक।
यो हाँसो पनि नाटक, यो आँसु पनि नाटक।
धोका दिने मान्छेको त, आत्मै पनि नाटक।
यो माया पनि नाटक…हो….हो।

[के लाई मिलन भन्नु अब, के लाई बिछोड भन्नु।
के लाई माला भन्नु अब, के लाई पासो भन्नु।]…२
यो फूल पनि नाटक, यो धागो पनि नाटक।
यो बाटो पनि नाटक, यो गल्ली पनि नाटक।
धोका दिने मान्छेको त, आत्मै पनि नाटक।
यो माया पनि नाटक…हो….हो।

[के लाई बन्धन भन्नु अब , के लाई साईनो भन्नु।
जन्म-जन्म सम्म चल्ने, के लाई नाता भन्नु।]...२
यो थाली पनि नाटक, यो पुजा पनि नाटक।
यो बाचा पनि नाटक, यो देउता पनि नाटक।
धोका दिने मान्छेको त, आत्मै पनि नाटक।
यो माया पनि नाटक…हो….हो।

यो माया पनि नाटक, यो दिल पनि नाटक।
यो हाँसो पनि नाटक, यो आँसु पनि नाटक।
धोका दिने मान्छेको त, आत्मै पनि नाटक।
यो माया पनि नाटक…हो….हो।
You Might Also Like These Songs
Total Views