शिर निहुआएर, देउता तिम्रो कहाँ जादै छु।
शरीर ढाक्ने कात्रो बिना, एक्लै आफ्नो मलामी जाँदै छु।
दुइ चार थोपा आँसु झारी, रोए जस्तो त गर न।
राम नाम जप्दै मन मनमा।…४

हेर आकाशमा, ईश्वर कतै छैन।
चितामा आफै चढी, आफैलाई जलाउदैछ।
धुँवा धुँवामा, देउता त बिलाउदैछ।
दुइ चार थोपा आँसु झारी, रोए जस्तो त गर न।
राम नाम जप्दै मन मनमा।…४

जीवनभर एक्लै छोड्यौ, अब अन्त्यमा साथ देउ न।
ईश्वरको बुढो शरीरमा, चितामा चढ्न सघाउन।
दुइ चार थोपा आँसु झारी, रोए जस्तो त गर न।
राम नाम जप्दै मन मनमा।…४ 
You Might Also Like These Songs
Total Views