मनलाई छोएर जानेहरु।…२
सम्झना भएर आउँछन।…२
जिन्दगी अंगाली जानेहरु।…२
मनलाई रुवाउँन आउँछन।
मनलाई छोएर जानेहरु।

सपनाहरु सधै किन, जिन्दगीलाई सताईरहन्छ।…२
विपनाहरू सधै किन।…२
जिन्दगी लाई अत्ताइरहन्छ।
मनलाई छोएर जानेहरु।

आकाश जस्तो सुन्य लाग्छ…२, किन मेरो मन…२।
जिन्दगी नै उदास हुन्छ।
जिन्दगी नै उदास हुन्छ, तिमी नहुँदा झन।
मनलाई छोएर जानेहरु।    

आज फेरी एकान्तमा, तिमी याद आयौ।…२
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो।
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो…२।]…२
पर हुन खोजे किन, बलियो समायौ।
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[टाढा-टाढा सम्म पनि, कोहि देखिदैन।
चकमन्न वरिपरि, केहि सुनिदैन…२।]…२
कहाँ बाट मनको तार, तिमीले घनकायौ।
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।…२
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।
मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।

बहकियो होला मन, मेरो जस्तै तिम्रो पनि।…३
गल्तीको महशुसले, तिमीलाई पनि छुँदो हो कि।
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।

जितेर पनि हार्यौ तिमी, म त आफै नि हारेको मान्छे।…३
आवेगको फैशला त्यो, सम्झी-सम्झी सताउँदो हो कि।
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।

मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि। 

A#m   F         C#        A#m        C# 
[लोलाएका ति ठुला, तिम्रा दुई नजरले।
A#m         F#    G#                  C#
हेरिदिए मलाई, चाहिन्न अर्को केहि।]…२
A#m   F         C# 
लोलाएका ति ठुला।

F#                   C#    G#              F#
सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै।…२
G#            F#    A#m  G#     C# 
स्पर्श मात्र पाए, चाहिन्न अर्को केहि।
F#                   C#    G#              F#
सुन्दर मुहार तिम्रो, चन्द्रमा सर्माउने।
G#                 F#    A#m  G#     C# 
एक पल्ट देख्न पाए,चाहिन्न अर्को केहि।
A#m   F         C# 
लोलाएका ति ठुला।

छिनेको त्यो कटि मा, जलको घडा सरि भै।…२
टाँसीईरहन पाए,चाहिन्न अर्को केहि।
काला घटा भदौका, जस्ता ति केशरामा।
छायाँ भए मलाई, चाहिन्न अर्को केहि।

लोलाएका ति ठुला, तिम्रा दुई नजरले।
हेरिदिए मलाई, चाहिन्न अर्को केहि।
लोलाएका ति ठुला।  


जिन्दगीले हिसाब माग्छ, घटाऊ भने तिमीलाई।…२
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।

विधानमा के लेखेछ, सोचेको त अर्कै थियो।…३
निभेको छु उज्यालोमा, खटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।

स्वार्थले घेरिएछु कि, बन्धनमा परेको हुँ।…२
स्वार्थले घेरिएछु कि, बन्धनमा परेको पो हुँ।
आत्माले धिक्कार्छ कि, हटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।

जिन्दगीले हिसाब माग्छ,घटाऊ भने तिमीलाई।
बन्दकीमा छ यो मुटु, अटाऊ भने तिमीलाई।
जिन्दगीले हिसाब माग्छ।
You Might Also Like These Songs
Total Views