यो मायालाई मै लान्छु चोरेर।…२
भैरुंग डाँडो, मिशिनले फोडेर।
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२  
कहाँ होला मयाले बोलेको।…२
शितलु भयो, हृदय पोलेको। 
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२ 

[कदमको छायैमा बात मारौंला। 
मिठा कुराकानीले आँत भरौंला।]…२ 
जोवन यसै जाने भो ढल्केर। 
आएँ म त तिम्रै पछि पल्केर। 
तिमीलाई नि पिरती चाहिन्न र।  
अलिकति बोल्न नि पाइन्न र। 

बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ।..२  
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२ 

हो, फुरफुर गरि उडन मेरो पुतली। 
सजाईदिउँला मै तिम्रो बगैचा। 
बादल माथी उड्ने भए रहर।
आकाश तानी ल्याई दिउँला हातैमा। 
[कदमको छायैमा बात मारौंला। 
मिठा कुराकानीले आँत भरौंला।]…२ 
[मुटु चुंडी दिउँला म भन्दिन।
तिमी बिना जिउन नि जान्दिन]…२ 

बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ।
तरिका सिकेर आइन्छ, बोल्नलाई तिमी नै चाहिन्छ।   
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…५   
E                             Gbm11
गाजल त्यो तिम्रो, मेटाई देउ न।
E                             Gbm11
तिम्रो आँखा को रंग, हेर्न मन छ।
E                             Gbm11
बाँधेको केश,  फुकाई देउ न।
C#m7   Bsus4      Asus2 
हावाले उडाको, मन पर्छ।

E                   Gbm11   E
नढाकन मुहार, श्रिंगारले।…२
     C#m7   Bsus4  Asus2 
चन्द्रमा मा पनि, दाग हुन्छ।…२
     C#m7             Bsus4       Asus2 
भाग्यमानी सबै, तिम्रो मुस्कान हेर्न पाउने। 
 Asus2               E   C#m7   Bsus4   Asus2  
जे छौ, जसो छौ तिमी, त्यहि नै हो मलाई चाहिने।   

E                              Gbm11 
छिचोलेर अँधेरो लाई, उज्यालो देखाउने। 
C#m7   Bsus4      Asus2 
चम्किला जुनकिरी झैँ, आँखा। 
G                        Gbm11 
गहिरो समुन्द्र भए, जिन्दगी मेरो। 
C#m7   Bsus4      Asus2 
किनारा देखाउने तिम्रो हात।

E                   Gbm11   E
सुरिलो त के छ र, गीत मेरो।…२  
C#m7   Bsus4      Asus2 
जति तिम्रो, आवाज हुन्छ।…२ 
C#m7             Bsus4      Asus2 
आशा यहि हो, सधै तिम्रो साथ पाउने। 
 Asus2               E   C#m7   Bsus4   Asus2  
जे छौ, जसो छौ तिमी, त्यहि नै हो मलाई चाहिने।

     E        Asus2  
तिमी हौ, मलाई चाहिने।…. ८

E                      Gbm11
[पर्वाह नगर यो दुनियाको। 
E                        Gbm11   
तिमी मै बसेको छ, दुनिया मेरो।]...३    

 Asus2               E   C#m7   Bsus4   Asus2  
जे छौ, जसो छौ तिमी, त्यहि नै हो मलाई चाहिने।
C#m7   Bsus4   Asus2  
त्यति नै हो मलाई चाहिने।


अँध्यारो छ यो रात आज किन, लामो लाग्दैछ।
सयौ कोल्टे फेरिसकें, तर निन्द्रा आउदैन।
सँधै झैँ आजपनि, जुन चम्किरहेछ।
तर बादलपारी लुकी मलाई, जिस्काऊँछ किन?

हो, आज धेरै पछि तिमी सँग, बोलेको।
तर जुनी बित्योहोला, मैले मुटु सुम्पेको।
सँधै झै आजपनि कुरा, अधुरो नै रहयो।
भन्छु भने मनका कुरा त्यो, मुटुमै लुक्यो।

कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
खै त तिम्ले बुझेको, किन मुटु मेरो चोरेको।
अझै याद छ तिमीले, पहिलोपल्ट मलाई छोएको।

थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।

चिसो-चिसो मौसम, तर यो मुटु न्यानो छ।
सिरानीलाई अँगालेर, टोलाउँदै छु किन?
चल्दैछ बतास, हेर न, बढ्दैछ यो धड्कन।…२
आँखाको सामु तिमी, देख्दैछु किन? हाँ.. 

हो, आज धेरैपछि, तिमीसँग बोलेको।
किन तिमी देख्दैनौ, मैले मुटु सुम्पेको।
कसरी पोखुँ तिमीलाई, मेरा मनमा लुकेका कुरा छन।
जति टाढा हुनखोज्छु उति, माया बढ्दै जान्छ झन।

खै त तिम्ले बुझेको, तिमीले नै मुटु मेरो चोरेको।
अझै याद छ तिमीले मलाई, हेर्दै मुस्कुराएको।
थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।

कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
[सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।]…२ 


You Might Also Like These Songs
Total Views