A                     Bm
जेल पनि सहुँला, नेल पनि सहुँला।
A                                      Bm
जेल पनि सहुँला, ए कान्छी, नेल पनि सहुँला।
         E            A          F#m    E 
तिमी हुन्छ मात्रै भन…२, दुनियाको।
Bm             A                 Bm            A
झेल पनी सहुँला, ए कान्छी, झेल पनी सहुँला। 
Bm             A                 Bm            A
खेल पनि सहुँला, नमिठो, खेल पनि सहुँला। 

 A                     Bm            
आगो नि सहुँला, पानी नि सहुँला। 
A                 Bm               A
आगो नि सहुँला, ए कान्छा, पानी नि सहुँला। 
         E             A               F#m     E 
तिमी लान्छौ भने मलाई…२, दुखै दुखको। 
Bm               A         Bm               A
खानी नि सहुँला, दुखको खानी नि सहुँला। 
Bm               A              Bm               A
खानी नि सहुँला, दुखको खानी नि सहुँला।

A                   D
अधुरै हुन्छ नि, ओठको हाँसो। 
 A                            D
तिम्रो साथ, बिना यो, जिन्दगी पासो। 
         A                  
चुलीका चुली, मै मायाँ दिउँला। 
       A                   
तिम्रा दुख पिडा सबै, मै लिउँला। 
 Bm                            E
पिर न गर, मेरै भर पर, नमान कत्ति डर। 
A                                     Bm
हाँसो नि सहुँला, ए कान्छा, आँसु नि सहुँला।
               E             A        F#m     E 
तिमी लान्छौ भने मलाई…२, दुनियाको।
Bm             A                 Bm            A
चासो नि सहुँला, ए कान्छा, चासो नि सहुँला। 

आँधी नि सहुँला, उर्लेको भेल पनि सहुँला।
तिमी जान्छु मात्रै भन…२, दुनियाको।
खेल पनी सहुँला, नमिठो खेल पनी सहुँला। 

चाहिंदैन सुनको सिक्री, सुनैको बाला। 
लाखौँ छ, तिम्ले दिएको फूलैको माला। 
हामी यस्तो संसार, बनाउँला। 
जहाँ माया नै माया,सजाउँला। 
त्यहि संसारमा, दुनिया लाई। 
स्वर्ग के हो, देखाउँला। 

दिन पनि सहुँला, ए कान्छा, रिन पनि सहुँला।
तिमी लान्छौ मात्रै भन…२, जस्तो सुकै।
छिन पनि सहुँला, ए कान्छा, रिन पनि सहुँला।

जाल पनि सहुँला, ए कान्छी, गाल पनि सहुँला।
तिमी हुन्छ मात्रै भन…२, परि आए ।
काल पनी सहुँला, ए कान्छी, काल पनी सहुँला। …२

कसरि कसरि, कसरि।…२
जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कसरि कसरि, कसरि।…२

हो, जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बकले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२

खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
सपनी सपनी, सपनी।…२
आहा, खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
जानु है भन्छन पशुपति, काठमाडौँ पुगेसी।
मान्दैन यो मन जान कतै, तिम्लाई भेटेसी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२

रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
साहारा साहारा साहारा।…२
रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
पातैलाई गाँसी, बनाउने, दुना टपरा।
तिमीलाई रानी बनाएर, बन्छु म राजा।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२

जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बक ले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…५ 

चल्नै छाड्छ, ढुकढुकी यो, नहुँदा तिम्रो साथ।
एकछिन तिम्लाई नपाउँदा नि, रोकिन्छ होला सांस।

तिमी मै टोलाईरहू भन्छ, मेरो आँखा।
के माया यहि हो , is it a love.
तिमीलाई बोलाई रहुँ भन्छ मेरो भाका।
के माया यहि हो , is it a love.

मन बुझाउने कसरि, मान्दैन, हाल दिलको बताउन, जान्दैन।
लुकाएर तिम्रो माया मुटुमा, सामु आउँदा ऒठ केहि भन्दैन।

भाग्य मा नै तिमी छौ कि, तिमी मेरै निम्ती हौ कि।
परिस्थिती यस्तै बन्छ, is it a love.
नाना नाआ, आआ आ

कहिँ कतै नटुङ्गिए हुन्थ्यो, यो बाटो, पिरतीको।
यहीं कतै अल्झिरहे हुन्थ्यो, यो धर्ती, यो आकाश, यो बादल।
यात्रा जिन्दगीको ।

प्रकृति भरि, सुवास छरी फक्रिरहुँ जस्तो।
झरनामा, छहरामा, पहरामा, लहरामा।
झुलीरहूँ जस्तो ,  is it a love.
नाना नाआ, आआ आ।

भावीले कोरेको हुन्छ भन्छन, जोडी सबको, जनमभरको।
सम्झी डर लाग्छ कतै छुट्ला, अनि टुट्ला ।
सुन्यतामै बिलाई जाला, हुन्छौँ कि अपुरो।

सिन्दुर छरी, सिउँदो भरि, आफ्नै बनाउँला।
जुगौजुग बाँचीरहने, हर लोकले सम्झिरहने।
कथा रचाउँला,  is it a love.
नाना नाआ, आआ आ।


आज फेरी एकान्तमा, तिमी याद आयौ।…२
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो।
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो…२।]…२
पर हुन खोजे किन, बलियो समायौ।
अशान्त यो मनलाई, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[टाढा-टाढा सम्म पनि, कोहि देखिदैन।
चकमन्न वरिपरि, केहि सुनिदैन…२।]…२
कहाँ बाट मनको तार, तिमीले घनकायौ।
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

मनको हुन्न केहि भर, हैन र।
मायामा हुन्न केहि डर, हैन र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।

रातले जुनलाई, चाहे जस्तो।
दिनले घामलाई, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२

लुकामारी खेल्छ किन, घाम र जुन।
अनि पो हुन्छ, रात र दिन।
आफ्नै आकाश, आफ्नै धर्ती।
अनि हाम्रो आफ्नै होला, सांझ बिहान।

खै केले, खै केले खान्छ।
नि खै केले खान्छ।
नि कुटुकुटु मन मेरो किन।
कहिले तितो, कहिले मिठो।
यस्तो कथा रैछ माया, मुटुको सुन।

घामपानीले मायालाई, छुन्छ र।
हो, मायाको रंग, मधुरो हुन्छ र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।

किनाराले नदीलाई डोर्याए जस्तो।
नदीले सागर, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२



कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४

[हेर्दामा जिउज्यान खाइलाग्दो, जागिरी मर्द बलियो।
इमान्दारी केटोलाई, जोवन दिने मन थियो।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२

[यसपाली हिउँदो महिनामा, बिहे नगरी भाछैन।
कन्याको ठहर-ठेगाना, केहिपनि टुंगो लाछैन।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु। …४

[बिर्कोमा लाको चिनीमा, कसरि पस्यो कमिलो।
डाँडा बारीको सुन्तोला, गुलियो छ कि अमिलो।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२

[राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हासाको।
पढाई लेखाईमा अब्बल छु, बैज्ञानिक बन्छु नासाको।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४

[बघिनीको छोरीलाई, कुखुराको भालेले।
ठुल्ठुला कुरा गरेर, पट्ट्याउन आँट्यो, कालेले।]…२
खैनी-चुरोट खान्छौ कि, दाँतै कालो छ।
दाँतै कालो छ हजुर, ओंठै कालो छ।
दिदीको मगनी भैसक्यो, मेरै पालो छ।…२

[छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको।
तिमी त रै  छेउ मितिनी, कोईली हैन कागैको।]…२
कोरीबाटी चट्ट कपाल, लाली ओंठैमा।
लाली ओंठैमा हजुर, लाली ओंठैमा।
झ्याप्पै कदम रोकियो, फूलको बोटैमा।…२

मनमा मिले मेला हजुर, नमिले झमेला।…२
आजै गरौ रमाईलो, भोली त के होला।…२
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु।…४  
    
C                          Am        C                   Am
छपक्कै फूल फुल्यो बोटैमा, लपक्कै लाली छ ओठैमा।
C                          Am        Am        G            C
मुगाको माला लगाउँछु घाँटीमा, तिम्रै माया सजाउँछु देब्रे छातीमा…२।

C                        Am     C                    Am
टलक्कै सुन ठोके दांतैमा, मुसुक्कै हाँसौला साथैमा।
C                          Am        Am     G                     C
जाली रुमाल बेरौंला घाँटीमा, तिम्रै माया सजाउँछु देब्रे छातीमा…२।

C                               Am              C
[दाहिने सारा वरको बोट, देब्रे सारा पिपल।
C                              Am             C
चौतारी भन्दा मलाई त, तिम्रै काख शितल।]...२
C           Em        Am               C
गर्मी भए मायालाई हम्काउँला नि पातैले।
C           Em        Am               C
पसिना आए गालैमा, पुछ्दिऊँला हातैले।

टलक्कै सुन ठोके दांतैमा, मुसुक्कै हाँसौला साथैमा।
जाली रुमाल बेरौंला घाँटीमा, तिम्रै माया सजाउँछु देब्रे छातीमा…२।

[गौंथलीको गुँड घरैमा, जुरेलीको बनैमा।
मायाले चिन्ता नगर, बस न मेरो मनैमा। ]…२
ओखर खाने फोरेर, सुपारी खाने कुटुक्क।
सबैले सुने लाज लाग्छ, कानैमा भन सुटुक्क।

टलक्कै सुन ठोके दांतैमा, मुसुक्कै हाँसौला साथैमा।
जाली रुमाल बेरौंला घाँटीमा, तिम्रै माया सजाउँछु देब्रे छातीमा…२।



बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।…२
दुखिरहने मुटुको घाउ, सहनै साह्रो भयो नि।…२
बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।

कति खुशी थिएँ म, तिम्रो साथ हुँदा।…२
गार्हो भयो जीवन काट्न, तिमी टाढा हुँदा।
जीवनको मोडहरुमा, तिमी नै थियौ साहारा।
छुट्टिएर गएउ आज, बनायौ दुई किनारा।…२

अझै याद आउँछ मलाई, ति दिनहरुको।…२
एकै पल भेट नहुँदा, तिमी पागल झैँ बनेको।
सोचिन कहिल्यै, समय यति निष्ठुर छ भनेर।
माया पनि किनबेच हुने, दुनिया छ स्वार्थी भनेर।…२

बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि। 

[खाएको कसम फिर्ता, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।]…२
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।

भन्ने हरुले जे सुकै भनुन, भन्नै नहुने के नै छ र।
सुन्ने हरुले जे सुकै सुनुन, सुन्नै नहुने के नै छ र…२।
मनभन्दा धन ठुलो, भन्न मिल्छ र।
फूल जस्तो मान्छे काँडा, बन्न मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।

भाग्य सबैको साझा हुदैन, खुशी सबैलाई सधै हुदैन।
दुख नचिन्ने मान्छे हुदैन, मान्छे नचिन्ने देउता हुदैन…२।
विष पनि अमृत ठानी, पिउन मिल्छ र।
पराई लाई आफ्नो ठानी, जिउन मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।

[माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।]…२
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।

निदाउनु अघि, खुल्दुली हुन्छ, निदाए काउकुती।…२
कानैमा आई, सासले बोल्छौ, लाग्दछ छटपटी।
बिउझेर हेर्दा, म एक्लो हुन्छु,सोच्छु के भाको छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।

बिहानी पखको, चिसो सिरेटो, मायाले न्यानो छ।…२
साँझको कालो, अँध्यारो पनि, उज्यालो भै रा छ।
जहीँतहीँ  म, तिमी नै देख्छु, अचम्म भा को छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।

माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।…२
You Might Also Like These Songs
Total Views