Gori Bhanda Malaai Ta
Singer : Satya Raj Acharya
गोरी भन्दा मलाई त, काली मनपर्यो।
गोरी भन्दा मलाई त…२, काली मनपर्यो।
अलि सोझी, अलिअलि…२, जाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।
गोरी भन्दा मलाई त।
प्रसंशा नै किन खोज्नु, त्यति राम्री मान्छे संग।…३
रिसाएरै गरेको त्यो…२, गाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२
गोरी भन्दा मलाई त।
सबै जना फूल रोज्छन, काँडा रोज्दैनन।…३
मलाई भने फूल गोड्ने…२, माली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२
गोरी भन्दा मलाई त।
कति सुहाएको हेर,कति सुहाएको।
कति सुहाएको हेर, ओंठ टोकी मस्किएको।…२
त्यसै सुन्दर ओँठको झनै…२, लाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२
गोरी भन्दा मलाई त।
सिन्दुर हाली अब उनलाई, आफ्नो बनाउनु छ मैले।…३
त्यसैले त उनको सिउँदो…२, खाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।
अलि सोझी, अलिअलिअलि…२, जाली मनपर्यो।
गोरी भन्दा मलाई त।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views