Jhamke Guleli
Singer : Kamalikanta Bhetwal
सबै र बाख्रा उकाली लागे।…२
घोर्ले बाख्रो खै भन हौ, झम्के गुलेली।…२
अरु है आउँदा जे सुकै भन।…२
म आउँदा चै, ओई भन है, झम्के गुलेली।…२
कलम नै लेऊ न, मसी नै लेउ न।…२
म लेख्छु कि लेख्दिन हौ, झम्के गुलेली।…२
सात सय पल्ट सबैलाई देख्छु।…२
मायालाई चाही देख्दिन हौ, झम्के गुलेली।…२
चौतारी ज्यानको लहरे वर।…२
भुइँ छुयो है टुप्पैले हो, झम्के गुलेली।…२
यतिन्जेल सम्म घरबारै छैन।…२
के गर्नु नि रुपैले हौ, झम्के गुलेली।…२
हरेलो बजार, करेलो व्यापार।…२
खाँदबारी चै, लसुन प्याज हो, झम्के गुलेली।…२
दोकाने काँइया, लाएको माया।…२
भएछ नि साउँ न ब्याज हो, झम्के गुलेली।…२
हिमाली भेगको त्यो डाँफे चरी ।…२
सिमल बासमा, बस्ला नि हौ, झम्के गुलेली।…२
दुखिया ज्यानको बह नि हजूर।…२
कहाँ गई खस्ला नि हौ, झम्के गुलेली।…६
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views