Pardeshi Nabhana
Singer : Manish Dhakal
घरको माया लागेर पो, परदेशिएको हजूर।…२
परदेशी नभन, परदेशी नभन।
करेसा बन्दकी राखी, विदेशिएको हजूर।
परदेशी नभन, परदेशी नभन।…२
उस्तै उस्तै निधारैका, फरक रैछ लेखा।…२
उस्तै उस्तै हात औला, छुट्टयाउने रेखा।
लेखिएसी लेखियो रे, हुन्न लेखाजोखा।
बलेसीको माटो पुर्न, विदेशिएको हजूर।
परदेशी नभन, परदेशी नभन।…२
महिना जान्छ, बर्षै जान्छ, दिन आउदैन।…२
हिउद जान्छ, वर्षा जान्छ, छाना छाहिदैन।
पसिना त बग्यो बग्यो, माना भरिदैन।
चुहिएको छाना छाउन, विदेशिएको हजूर।
परदेशी नभन, परदेशी नभन।
करेसा बन्दकी राखी, विदेशिएको हजूर।
परदेशी नभन, परदेशी नभन।…२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views