Relko Bato


रेलको बाटो पुग्दैछ रे…२, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा

सिटामोलको अभावमा, मर्नु पर्ने कोही। 
चोटलागे भोकलागे पनि, बस्नु पर्ने रोई, हजुर। 
तुईन चढी, स्कुल जान्छन, नानी बाबु गाउँमा। 
कालो बाटो, चिल्ला गाडी होलान तिम्रा ठाउँमा, हजुर। 

रेलैको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा। 

खच्चर मेरा गाडी मोटर, संगै हिड्ने भिरमा। 
नुनको भारी, पिठठीउमा, नाम्लो मेरो शिरमा, हजुर। 
दाउरा घास, खाली खुट्टा, छैनन चप्पल जुता। 
रातो कार्पेट ओछ्याउछन रे, तिम्ले टेक्दा उता, हजुर। 

रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा। 
हुम्ला कैले मोटर आउला …२, बस्याको छु रहरैमा। 
ए हजुर, बस्याको छु, हेर्ने रहरैमा।
You Might Also Like These Songs
Total Views