मेरो भन्नु तिमी मात्रै छैन कोहि आफ्नो भन्नु।
म त तिम्रै प्रेम हो नि तिमी मेरो गीत बन्नु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
प्रेम गीतको।

कहाँ सक्छु भुल्न मैले अब तिमीलाई।
बल्ल-तल्ल भेटेको छु चोटै-चोट खाए पछि।
दुनियाँमा अरु कोहि चाहिँदैन मलाई।
यो मायाको बन्धनमा तिमी भए पछि।
सँधै भरि जिवन मा तिम्रै लागि हाँसि दिन्छु।
चोट लाग्दा तिमी लाई आँशु बनि बगि दिन्छु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
प्रेम गीतको।

आँधी हुरि बाधा अड्चन जे-जे आउन जिवन मा।
कवच बनि उभिदिन्छु पिरती को गोरेटो मा।
जतिसुकै चोट देओस तुसारो ले शिशिर मा।
बाह्रै मास फूलीदिन्छु तिमी हिँड्ने गोरेटो मा।
चाहा छैन अरु केहि तिम्रै लागी बाँचिदिन्छु।
मर्नै परे'नि आखिरि मा तिम्रै लागी मरिदिन्छु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
 {प्रेम गीतको }--२

सम्झीन्छौ रे, अझै पनि, उसै गरि, मलाई।
बिर्सिएको जस्तो गर्छौ रे, देखाउन लाई।
खबर सुनेपछि, नराम्रो लाग्यो।
झस्स झस्की, झजल्को बनि, आयौ तिमी।

अझै मलाई माया गर्छेउ रे।
मेरो इन्स्टा को फोटो सधै, हेरी बस्छेउ रे।
माया गर्छेउ रे।
तर साथीभाईको सामु मेरो कुरा काट्छेउ रे।
माया गर्छेउ रे, माया गर्छेउ रे।…२
सम्झीन्छौ रे।

बर्बराउछौ रे निन्द्रामा, सधै तिमी।
झस्कीएर, ओहो, मेरो नाम लिई टोलाउछौ रे।
एकलै एकलै, रहन्छौ रे, भिडभन्दा बेग्लै बेग्लै।
खबर सुनेपछि, नराम्रो लाग्यो।
झस्स झस्की, झजल्को बनि, आयौ तिमी।

अझै मलाई माया गर्छेउ रे।
तिम्रो इमेलको, पासवोर्ड मेरै नामको छ रे।
माया गर्छेउ रे।
सधै म हिंडेको बाटो तिमी, हेरिबस्छेउ रे।
माया गर्छेउ रे, माया गर्छेउ रे।…२

[सानु नगर न याद, सानु बिग्रिसक्यो बात।
सानु बुझाउ आफ्नो मन, अब हुन्न भेटघाट।]…२

सम्झीन्छौ रे, अझै पनि, उसै गरि, तिमी, मलाई। 
You Might Also Like These Songs
Total Views