तिमी विनाको जिन्दगी, हो हो हो, हो हो।

[तिमीबाहेक बिताएका दिनहरू,मेरो उमेरमा जोड़दीन।
तिमीबाहेक, कटाएका पलहरु,मेरो आयुमा गन्दीन।]…२
किनकी, किनकी, तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[तिमी नभए, जहाँको त्यही, रोकिन्छ समय।
प्रलय हुन्छ, संसारै मेरो, चल्दैन ह्रदय।]…२
फुटेको थैला सरी हुन्छ।
वैरी झै कठैबरी हुन्छ।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[हाम्रो भेट कहिल्यै, नभाको भए, के देख्थे सपनी।
तिम्रो नाम मैले, नसुन्या भए, कस्को नाम जपने।]…२
सम्झनै रित्तो रित्तो हुन्थ्यो।
कल्पनै निस्तो निस्तो हुन्थ्यो।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…६


तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झेँ, तिमी साथ आयौ।
कुनै चिज मिठो, म खोजिरहेथें।
म सोचिरहेथे, तिमी याद आयौ।
तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झेँ, तिमी साथ आयौ।

उज्यालो बढेझैँ, भयो आज झनझन।…२
उज्यालो त मुस्कानले, बढ्छ भन्छन।
कि मै लाई सम्झी, तिमी मुस्कुरायौ।
कि आयौ तिमी, चादनी रात आयो।
कुनै चिज मिठो, म खोजिरहेथें।
म सोचिरहेथें,तिमी याद आयौ।

तिमीले पनि, सम्झिएकी भए लौ।…२
चुम्यौ चाहनाले, अझै मन परायौ।
मलाई भुलेकी, भए के भनु खै।
तिमी हर्ष आयौ, कि विश्मात आयो।
कुनै चिज मिठो, म खोजिरहेथे।
म सोचिरहेथे, तिमी याद आयौ।

तिमीलाई भुल्दा, म एक्लो परेछु।
तिमीलाई सम्झे, तिमी साथ आयौ। 
You Might Also Like These Songs
Total Views