चाहना मनमा, उडाई ल्यायो की, आवारा मौसमले।…२
यो मनको कुरा, चढ़े आँखैमाँ, बुझलान करैले।
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ।
उडायो हावाले यो मन, उडायो हावाले।…२

गुन्जने, यो आवाजको, भावना छ बेग्लै।
सुस्तरी, बोल है, नबुझ्ने छैनन कोही।
बाहाना मनमा, बढ़ाई ल्यायोकी, आवारा यो पलले।
यो मनको कुरा, चढ़े आँखैमाँ, बुझलान करैले।
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ।
उडायो हावाले यो मन, उडायो हावाले।…२

इन्टु मिन्टू लण्डनमा, के छ भन, तिम्रो मनमा।
इन्टु मिन्टू लण्डनमा, तिम्रो माया मेरो मनमा।

उडायो, उडायो, उडायो यो मन। 

प्रियसीका यादहरु, कोरिएको मुटु।
एकान्तमा आज यहाँ, फुकाएर हेरें।
पिरतीका घातहरु, भरिएको मुटु।
रसिएका दुई आँखालाई, सुकाएर हेरें।
प्रियसीका यादहरु।

[जीवन यहाँ जताततै, अंगालेको कथा जस्तै।
यहाँ मुटु चारैतिर, भंगालेको व्यथा जस्तै।]…२
आफ्नै पाइला आफ्नै बाटो, संगालेको जेथा जस्तै।
प्रियसीका यादहरु।

[सम्झनाका छाँयाहरु, छाती भरि धुंवा जस्तै।
तिर्खाएको पानीलाई, नमेटिने कुंवा जस्तै।]…२
वास खोज्दै उडी हिड्ने, सिमलको भुवा जस्तै।
प्रियसीका यादहरु, कोरिएको मुटु।
एकान्तमा आज यहाँ, फुकाएर हेरें।
प्रियसीका याद हरु।
You Might Also Like These Songs
Total Views