जिन्दगीको बाटोमा, सजिलो अफ्ठ्यारोमा।
तिम्रो साथ, रही रहूँला।
फूल होस या काँडामा, सम्म होस या डाँडामा।
तिमी सँगै, हिडी रहूँला।

[म तिम्रै थें, तिम्रै हूँ , तिम्रै रहूँला।
दुःख सुःख, जस्तो होस, सँगै काटौँला।]…२

[तिमी जस्तै तिम्रो, ख़ुशी प्यारो छ।
तिमी विना मेरो,जीवन गार्हो छ।]…२
[तिमी मेरो मान बनेउ, तिमी मेरो शान बनेउ।
मेरो पुजा तिमी, मेरो भगवान बनेउ।]…२

घाम होस या छाँयामा, सधै तिम्रै मायामा।
जुनिजूनि काटी रहूँला।
फूल होस या काँडामा, सम्म होस या डाँडामा।
तिमी सँगै, हिडी रहूँला।

[म तिम्रै थें, तिम्रै हूँ , तिम्रै रहूँला।
दुःख सुःख, जस्तो होस, सँगै काटौँला।]…२



सिरफूल सिरैमा झपक्कै,लाली जाेबान हूर्केर ढपक्कै।

कैले गाेरी मन पर्याे, कैले काली मनपर्याे।...२
ससुराली टेकेपछि, साली मनपर्याे।
ए ससुरा बा, मलाई साली मनपर्याे।
लाैन ससुरा बा, मलाई साली मनपर्याे।

न त ठाँटै मनपर्याे, नत छाँटै मनपर्याे।...२
तर पनि भिनाजुकाे, आंटै मनपर्याे।
ए दिदी मलाई इन्काे, आंटै मनपर्याे।।...२

[साली तिम्रो जाेबन, कल्ले लाने हाे।
तिम्रो हातकाे तिउन तरकारी, कल्ले खाने हाे।]...२
चित्त नदुखाऊ भेना, चित्त नदुखाऊ।
तिउन तरकारी खानेभए, ससुराली आऊ।
आनि बानी मनपर्याे, बाेली चाली मनपर्याे।...२
ससुराली टेकेपछि, साली मनपर्याे।
ए ससुरा बा मलाई, साली मनपर्याे।
लाैन ससुरा बा, मलाई साली मनपर्याे।

सिरफूल सिरैमा झपक्कै,लाली जाेबान हूर्केर ढपक्कै।

[साली तिमीलाई ल्याइदिऊँ की, छड्के तिलहरी।
आगूम सालैमा, आगनिमा भेट होला की।]...२
हुन्छ भेना ल्याइदिनु, मोहर गनेर।
भा की एउटी साली को बिहेमा लाउने भनेर।
ठट्टा गर्दै जिस्किने, कुराकानी मन पर्यो।...२
ससुराली टेकेपछि, साली मनपर्याे।
ए ससुरा बा, मलाई साली मनपर्याे।
लाैन ससुरा बा ,मलाई साली मनपर्याे।

न त ठाँटै मनपर्याे, नत छाँटै मनपर्याे।...२
तर पनि भिनाजुकाे, आंटै मनपर्याे।
ए दिदी मलाई इन्काे, आंटै मनपर्याे।।...२
ससुराली टेकेपछि, साली मनपर्याे।
ए ससुरा बा, मलाई साली मनपर्याे।
लाैन ससुरा बा ,मलाई साली मनपर्याे। 
You Might Also Like These Songs
Total Views