Thaha Cha Ki Chaina
Singer : Subani Moktan
सिमसिमे पानीमा, तिमीलाई सोचिरहेछु।
डुबिदिएछु तिम्रो यादमा।
टाढा छु तिमीबाट, तर मन तिमीसंग छ।
सम्हालिदेउ साथ अब।
फेरि आउछु आउदिन, मिलन होला नहोला।
तिमीलाई सोच्दा सोच्दै, दिन यो बिती जान्छ।
थाह छ कि छैन तिमीलाई।
घन्टौ बितिसक्यो यहि कोठामा, तिम्रो यादले मलाई छोड्दैन।
के गरि रहेको होला अहिले, मेरो याद आउँछ आउँदैन।
फर्कि आउँन चाहन्छु आजै म, तर थाहा छ सक्दिन।
तिमीलाई सोच्दा सोच्दै, रात पनि बिति जान्छ।
थाह छ कि छैन तिमीलाई।
कति गाएँ होला यो गीत, तिम्रो लागि तिम्रो यादमा।
टाढा छु तिमीबाट, राखि देऊ तिम्रो साथमा।
सिमसिमे पानीमा, तिमीलाई सोची रहेछु।
डुबि दिएछु तिम्रो यादमा।
फेरी आउँछु आउँदिन, मिलन होला नहोला।
तिमीलाई सोच्दा सोच्दै,दिन यो बिति जान्छ।
थाह छ कि छैन तिमीलाई।
तिमीलाई सोच्दा सोच्दै, रात यो बिति जान्छ।
थाह छ कि छैन तिमीलाई।
मेरो याद आउँछ आउँदैन तिमीलाई।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views