गरिदेउ नजरैले इशारा, पोखिदेउ के छ त नि विचार। 
म त पर्या छु तिम्रै भर, म त पर्या छु तिम्रै भर। 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। ...२ 

बुझिदेउ नजरैको इशारा, सुनिदेउ मेरो मनको विचार। 
म नि पर्या छु तिम्रै भर, म नि पर्या छु तिम्रै भर। 
रुमाल कोटैमा, गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।...२  

[जुनमा पनि दाग होला फुल नि ओइलाई जाला।
नसाच न जोवन फेरी, यसै बिलाइ जाला।]...२ 
मोहनी नै लाउने तिम्रो, रुप कस्तो होला। 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। ...२ 

[जोवन मात्र नहेरन, हेरिदेउ यो मन। 
मन सँग मन मिले, माया बढ्छ झन।]...२ 
मै बनौला तिम्री रानी, तिमी राजा बन। 
रुमाल कोटैमा, गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।...२ 
 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा।
गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।
गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। 
You Might Also Like These Songs
Total Views