Jahankai Hos Hridaya
Singer : Various Artists
जहाकै होस, न हृदय खोली, माटो बोल्छ फूलकै बोली।
बुझौ न, अन्तरमनले बुझौ, बालबालिका हाम्रा भोली।
चिमोटे झन दुख्छ बाबै, कलिला छन फुल।
बुझौ न, अन्तरमनले बुझौ, बालबालिका हाम्रा भोली।
चिमोटे झन दुख्छ बाबै, कलिला छन फुल।
संसार बाझो हुन्छ, मरे नहुर्कदै फूल।
आऊ यिनको रक्षा निम्ती गरौ न कबुल। आऊ…४
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…२।
[संसारको बगैचामा फूल छन अनेक।
हाम्रा निम्ती फरक छैनन कोहि।
सबै प्यारा, सब नै एक।]...२
आऊ यिनको सुगन्ध फिजाऊ।
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…२।
[बालक माथी नथोपरौ, कहिले पनि डर त्रास।
साहसले उठोस उसको सिर।
बिस्वासिलो होस हर सास।]...२
आऊ यिनलाई मायाले स्याहारौ।
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…३।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views