Pokhiera Ghaamko Jhulka
Singer : Narayan Gopal
पोखिएर घामको झुल्का, भरि संघारमा।
तिम्रो जिन्दगीको ढोका, खोलुखोलु लाग्छ है...२।
सयपत्री फूल सितै, फक्री आगनमा।
बतासको भाखा टिपी, बोलुँबोलुँ लाग्छ है...२।
कतिकति आँखाहरु, बाटो छेक्न आउँछन।…२
परेलीमा बास माग्न, कति आँखा धाँउछन।
यति धेरै मानिसका, यति धेरै आँखा हरु।
मलाई भने तिम्रै आँखा, रोजुँ रोजुँ लाग्छ है...२।
उँडुउँडु लाग्छ किन, प्वाँख कहिले पलायो।…२
मनको शान्त तलाऊको, पानी कसले चलायो।
आफैलाई थाहा छैन, कसलाई थाहा होला।
यसैले त तिमीसँग, सोधुँ सोधुँ लाग्छ है...२।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views