Kaliyug Ma Nasha
Singer : Manoj Raj
कहिँ रुपको नशा, कहिँ पैसाको।
कहिँ चढ्दो जवानी र वैश को।
कहिँ बलको नशा, कहिँ छलको नशा।
कहिँ सस्तो, महँगो रक्सीको।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
सस्तो भो, धेरै सस्तो भो…३।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
जोडी बाँधी लठ्ठारिदै, हिड्नेहरुको हुल देख्छु।
आजभोली काठमाण्डुमा, मात्तिएका फूल देख्छु।
कोही पराया माटोमा, कोही नराम्रो बाटोमा।
हिड्ने हरुकै हुल, संसार कस्तो भो।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
सस्तो भो, धेरै सस्तो भो…३।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
लठ्ठपरि हिड्ने भन्दा, अर्को कुनै काम छैन।
आजभोली काठमाण्डुमा, लाज सरमको नाम छैन।
देखासिकी चर्को भो, सम्झाउनु झर्को भो।
मिठो भन्छन भूल, संसार कस्तो भो।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
सस्तो भो, धेरै सस्तो भो…३।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
कहिँ रुपको नशा, कहिँ पैसाको।
कहिँ चढ्दो जवानी र वैश को।
कहिँ बलको नशा, कहिँ छलको नशा।
कहिँ सस्तो, महँगो रक्सीको।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
सस्तो भो, धेरै सस्तो भो…३।
कलियुगमा नशा, धेरै सस्तो भो।…२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views