Hawako Chiso Jhokale
Singer : Pratap Das, Sasika Rai
हावाको चिसो झोकाले, तिम्रो सुवास लिई आयो।…२
तिम्रै मायाको मिठो मन्दमन्द, मधुमास लिई आयो।
हावाको चिसो झोकाले, तिम्रो सुवास लिई आयो।
तिम्रो पहिलो स्पर्श, साथै मिठो कम्पन लिई, अधरको।…२
उन्मुक्त भै रही रहुँ, लिई तपन सदा यी प्रहरको …२।
चराको चिरबिरले सुन्यतामा, तिम्रो आभाष लिई आयो।
तिम्रै मायाको मिठो मन्दमन्द, मधुमास लिई आयो।
हावाको चिसो झोकाले, तिम्रो सुवास लिई आयो।
बेहोशी मै छु कि, चडेको छ मात पिरतीको, तिम्रो।…२
चुम्दै फूल आलिंगनमा, देख्छु प्रतिविम्व तिम्रो…२।
बलेर दियो झैँ दिप बनि, तिमी प्रकाश लिई आयौ।
तिम्रै मायाको मिठो मन्दमन्द, मधुमास लिई आयो।
हावाको चिसो झोकाले, तिम्रो सुवास लिई आयो।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views