Lekhen Euta Geet Maile
Singer : Pratap Das
लेखें एउटा गीत मैले, तिमीलाई भनि।…२
हिजोसम्म गाह्रो थियो, एक्लै जिउन पनि।
बुझे आज मेरै कारण, तिमी टाढा भयौ।…२
मनभरि चोट दिई, तिमी कहाँ गयौ।
[पश्चातापले जल्न थाल्यो, हरदिन यो मन।
तिमी नै थियौ हौशला, तिमी मेरो धन।]...२
जल्नु बाहेक रहेन रै छ, कहिँ दिन गनिगनि। … २
संगै हिड्नु रहेन रै छ, तिम्रो संगी बनि।
लेखें एउटा गीत मैले, तिमीलाई भनि।
हिजोसम्म गाह्रो थियो, एक्लै जिउन पनि।
बुझे आज मेरै कारण, तिमी टाढा भयौ।…२
मनभरि चोट दिई, तिमी कहाँ गयौ।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views