Flirty Maya
Singer : Neetesh Jung Kunwar
तिम्रो रंगीन त्यो भित्तामा मेरो,
ब्ल्याक एण्ड ह्वाइट फोटो तिमी, टाँस न।
मेरो कोही नि नहास्ने, चुट्किलामा
तिमी, मुर्छा परि हाँस न।
गाउँन आउदैन मलाई, तैनी तिमी, छमछमी नाँच न।
त्यति पातली त छैनौ, हल्का बोसो लाग्या,
कम्मर भएनी, भाँच न।
म परें पछि तिम्रो, तिमी पनि,
हल्का यतातिर हेरिदेउ न।
हे, रेला गर्या हैन मैले, तिम्रो सबै कुरा, म त मान्दिउँला।
तिम्रो भूपू मायालुले, दुख दिए तेस्लाई,
घरमै गई हान्दीउँला।
खान्छु मात्र भन तिमी, होटलमा लगी,
जे नि खान्दीउँला।
डोरी भको ब्लाउज लगाउनु, अनि पछिपछि आई,
डोरी तान्दीउँला।
म परें पछि तिम्रो, तिमी पनि,
हल्का यतातिर हेरिदेउ न।
सधै नै पछि तिम्रो, तिमी पनि,
हल्का यतातिर हेरिदेउ न।
आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउँछ,
दिल तोड्दिन।
आउला, बाधा अड्चन जिन्दगीमा,
तर कहिल्यै मुख भने, मोड्दिन।
होलान तिमीसँग आफ्नै, अतितका कुरा
कहिल्यै, सोध्दिन।
मेरो पनि मिलन बिछोडका कथा, हामीसँग
कहिल्यै जोडदिन।
म परें पछि तिम्रो, तिमी पनि,
हल्का यतातिर हेरिदेउ न।
सधै नै पछि तिम्रो, तिमी पनि,
हल्का यतातिर हेरिदेउ न।
म परें पछि तिम्रो, अब त,
हल्का यतातिर हेरिदेउ न।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views