Baa
Singer : Rhythm Kandel
बा, तिमी फर्केर आउ यहाँ।
म फर्केर, मेरा सबै, गल्ती सच्याउछु क्या।
सच्याउन सकिन भने, माफी बिसाउछु क्या।
तर फर्केर आउ यहाँ।
बल्ल छोरो, हुदैछु म, यसरी नजाउ न बुढा।
तर फर्केर आउ यहाँ।
मलाई आकाश देखाउनलाई, हिड्यौ तिमी भुइँमा।
मलाई आकाश छोए जस्तो भयो तिम्रो बुईमा।
म हट-हट घोडा भन्दै तिम्रो, ढाडमा चढीरहें।
ढाडमै खेले, ढाडमै सुते, ढाडमै लडि रहें।
त्यहीबेला सिकेहुँला, तिम्लाई भारी बोकाउन।
बा पनि गल्छन भन्ने, कोहि थिएन सिकाउन…२।
आज थाहा पाएर, थर-थर-थर-थर काँपे मेरा गोडा।
मेरो घोडा बनेउ, तिमी रैछौ वायुपंखी घोडा।
ए बा, ए.…वायु पंखी घोडा।
मैले थिचिरहें, तिम्रा पखेटा लाइ ,थिची रहें।
आफ्नो आकाश, खोज्दा तिम्रो, आकाश मिचिरहें।
मलाई दुख्यो छोरा, तिमी ओर्ल भन्दा।
भन तिम्रो के चाही, जान्थ्यो क्या।
किन सहिरह्यौ, बुढा।
ये घोडा, थाके होलान गोडा।
तर मैले गर्दा, नबस ल।
घोडा बस्नु, भनेको के हो।
यति बुझ्ने, भाको छु म।
तिमी मैले गर्दा, नबस ल। ल।
नबस ल, मेरो घोडा।
मेरो उड्ने घोडा।
मैले गर्दा तल, नखस ल।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views