Kafle - Unko Sweater
Singer : Jhuma Limbu, Sujan Chapagainघर के ले छाउनु, पराल न खर, छैन नि झिंगटी।…२
हउ, भाग्यमै भए, कमाउँछु भन्छ, चार टिन सम्पती।…२
गाई भने सानो, दुध दिन्छ मानो, खानु कि नखानु।
मागेरै लानु नसक्ने संग, जानु कि न जानु।
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...२
बाँझो खेतबाली लगाउँछु भन्छ, हलोले जोतेर।…२
रित भातै बिना, आँखाको चालमा, नौ डाँडा काटेर।
हउ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानु कि नजानु।
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...२
हा हा, भिर र पहिरो, खोलाको बाटो, नमान्नु डरै डर।…२
नफुल्नु माया, मनभरी फुल्यो, यो जुनी तिम्रै भर।…२
सुन है साथी, दोधारमा परें, के गर्नु, के गर्नु।
देखाउने माया, भगाउने माया, कुनचाहीं पत्याउनु।
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...४
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views