Mero Haal Nasodhnu


[मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।
मेरो खबर नखोज्नु, म सबै देखि, टाढा छु।]…२
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[थोरै आँसुमा डुब्दैन, चर्लुम्म जिन्दगी। 
दुइ चार घाउ अझै लेख्नु, मेरो नाममा]…२  
मेरो चिनारी नखोज्नु, म आफै देखी, हराउँदै छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[सल्किएर पनि म, खरानी भईन। 
अझै आगो लगाउनु, मेरो घरमा ]…२ 
मेरो ठाउँ नखोज्नु, म पहिरोमा, उभिएको छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…४  
You Might Also Like These Songs
Total Views