Jindagi Yo Fulai Fulko


जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।…२
फक्रिने र ओइलाउने टुँगो हुदैन, फुलको थुङ्गो हुदैन।
जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।…२ 

रोक्दा रोक्दै आँसु हरु कतै पोखिन्छ। …२
हिड्दा हिड्दै जिन्दगानी, कतै ठोकिन्छ।…२
जिन्दगी यो सधै घामको झुल्को हुदैन। 
झुल्किनेर अस्ताउने टुङ्गो हुदैन, टुङ्गो हुदैन।
जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।

कहिले काहिँ अचानोमा, टुक्रयाइन्छ मन।...२ 
कहिले हास्दै, हत्केलामा, चढाइन्छ जीवन।...२
जिन्दगानी सोचेजस्तो मिठो हुदैन। ... २ 
सबै घाउ छातीभित्र निको हुदैन, निको हुदैन। 
जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।

जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।…२
फक्रिने र ओइलाउने टुँगो हुदैन, फुलको थुङ्गो हुदैन।
जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन।…२ 
  
You Might Also Like These Songs
Total Views