मान्छे कति सुन्दर हुन्छन, जति अगाडिका आँखा।
तैपनि मनले किन ठान्छ, कोही काख कोही पाखा।

फूल राम्रो, फूल हुन बासना नि चाहिन्छ।
आफु भित्रै जलिराखे, बाहिर के नै पाइन्छ।
जल्दाजल्दै डढेपछि, भित्रभित्रै बलेपछि।
नाथे आँखाले के देखोस, सबै धमीलो, कालो
अविरल, अनन्त, नराम्रो, कुरुप संसार।

बरु आँखा नहोस, आँसु नझरोस।
सबैलाई मनले छाम्न सकियोस।
दुइ बचन न्यानो मायाको।
आमाले जस्तै, बाड्न पाइओस।

कहिले मन बहेर जान्छ, सकिन्छ कि जसै।
बिहान उठ्दा काँधको भारी, हिजोको आज उस्तै।
छोरा छोरी देख्दा मलाई, संसार जिते झै लाग्छ।
खै के थाहा, स्वर्ग भन्ने, यहि छ कि, कहाँ छ।

रंगीचंगी दुनियामा, रंगकै ठुलो भाऊ छ।
आफ्नो रंग चिनौ हामी, तेसमै जीवनज्ञान छ।
रातो, निलो, हरियो, पहेलो,सेतो सबै ठिक छ।
कालो पनि ठिकै छ, कालो रंगमा त झन, जे पोते हुन्छ।

दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।

मान्छे सबै अभिनय गर्छन, त्यो उनीहरुलाई नै ठिक छ।
दिल खोलेर माया गरौ, साँचो मायाले तेसै जित्छ।
आफु अघि जो भेटिन्छ, उसलाई माया गरौ।
एकबार को जिन्दगीमा, हासीखेली बाँचौ।

देख्या छैन देउतालाई, बाबा जस्तो कि आमा।
शत्रु छैन, मित्र छैन, सबै एक अर्काका ऐना।
आफ्नो भन्नु मनले हुन्छ, मुखले अर्को भइन्छ।
ठेस खाएर लडेपछि, बल्ल थाहा पाइन्छ।

नाच्दा-नाच्दै ढलेपनी, एकछिन जिउन त पाइयो।
केही गरेनि लान नमिल्ने, सम्पती किन चाहियो।
अब त्यसै नबसौं है, सहि समय कुर्दै।
दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।
You Might Also Like These Songs
Total Views