एक पोको व्यथा, एक बटुको सम्झना।
तुषारोले खाईसके,
मेरा ईच्छा र आकाँक्षा हरु।
जीवनलाई, प्यारालाइसिस भएको छ।
तरपनि म हास्दै छु।
सपनिहरुमा।
विपना हरु त मलाई तर्साई रहेछन।
दोहोर्याई दोहोर्याई, मारिरहेछन।
भविस्यको पर्खाईमा छु म।
वर्तमान त मलाई जिस्क्याईरहेछ।
बिष पिए झैँ, एउटा मानिस म।
गल्ती गरें झैँ, एउटा मानिस म।
मनमा छन केवल,
उदासीनताका नमिठा आभाष हरु।
एक्लोपनका टर्रा अनुभव हरु।
तैपनि,
म मा बाँच्ने आँट र साहस छ।
किनभने,
म देख्दछु ,
प्रत्येक पल्ट, आँखा चिम्लदा।
कि म संग,
एक पोको व्यथा छ।
एक बटुको सम्झना छ।
Dated : 9th June 1992
मेरा ईच्छा र आकाँक्षा हरु।
जीवनलाई, प्यारालाइसिस भएको छ।
तरपनि म हास्दै छु।
सपनिहरुमा।
विपना हरु त मलाई तर्साई रहेछन।
दोहोर्याई दोहोर्याई, मारिरहेछन।
भविस्यको पर्खाईमा छु म।
वर्तमान त मलाई जिस्क्याईरहेछ।
बिष पिए झैँ, एउटा मानिस म।
गल्ती गरें झैँ, एउटा मानिस म।
मनमा छन केवल,
उदासीनताका नमिठा आभाष हरु।
एक्लोपनका टर्रा अनुभव हरु।
तैपनि,
म मा बाँच्ने आँट र साहस छ।
किनभने,
म देख्दछु ,
प्रत्येक पल्ट, आँखा चिम्लदा।
कि म संग,
एक पोको व्यथा छ।
एक बटुको सम्झना छ।
Dated : 9th June 1992
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views