Bariko Kanlo
Singer : Nhyoo Bajracharya, Various Artists
बारीलाई कान्लो चाहिएको छ। खेतलाई आली चाहिएको छ।
मेरो देशको सिमानामा भने पर्खाल हैन।
नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।
बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो ।
गार्हो पर्दा काम लाग्ने त्यहि त थियो।…२
खेतको आली, मिचियो केहि बोलिन। त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यहि त थियो।…२
यसपाली त अचम्मै भो, देशै मिचियो।
देशै मिचियो मेरो, देशै मिचियो।...२
इतिहासको कथा भित्र, यो नेपाली ब्यथाको भित्र।…२
न मर्दा काम लागेको छ, न पर्दा काम लागेको छ।
मेरो देशको छातीमा कुल्चिने सामु।…२, अहिले त मलाई।…४
मेरो खिया लागेको खुकुरी, उद्याउने रहर जागेको छ,जागेको छ।
नभन्नु मेरो रगत उम्लियो, जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो...३।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views