सम्झना तिम्रो नहुँदो हो त

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि दरौंदी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गएझैँ हुन्थ्यो।
साथीसंगी सँग जेखाएपनि, बिहेकै भतेर खाएझैँ हुन्थ्यो।
लेकरबेशी गर्दाहै हामी, दिनपनि हुन्थ्यो, रातपनि हुन्थ्यो।

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।
छुट्टिनुपर्दा तिम्राति आँखा, दरौंदीजस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिनेआशमा, दुबैकोमन धपक्कै बल्थ्यो।

एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।
You Might Also Like These Songs
Total Views