Mero Behoshi
Singer : Narayan Gopal
मेरो बेहोशी आज, मेरो लागि पर्दा भो।…२
छोपिए पिर सबै, दुख सबै पर्दा भो।
मेरो बेहोशी आज।
यो नशा जिन्दगीको, या हो नशा रक्सीको।…२
के हो यो, पिर के हो, नया नया प्रियशी हो।
जे थिए स्वप्न सबै ति…२, पग्लिएर पानी भो।
के बिहान साँझ सबै, जिन्दगी नै पर्दा भो।
मेरो बेहोशी आज।
मेरो यो मात यहाँ, के हो तिमी भनिदेउ।…२
मेरो यो आश यहाँ, के हो तिमी भनिदेउ।
जे थिए यात्राहरु ति…२, अल्झिएर बाधा भो।
हराए गीत सबै, हार सबै पर्दा भो।
मेरो बेहोशी आज, मेरो लागि पर्दा भो।
मेरो बेहोशी आज।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views