Aankhama Kunai Sapana
Singer : Raj Sigdel
आँखामा कुनै, सपना छैन।…२
सुखको स्वर्ग, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।
[तिम्रो छचल्किने जवानी बेग्लै।
हेरेर रमिता, थाकें म एक्लै।]…२
तिमीले त प्यालामा पियौ जवानी।…२
आँसु पिएर, माते म एक्लै।
रित्तो यो मनमा, रहर छैन।
खुशीको वर्षा, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।
[तिम्रो रहरको, शहर बेग्लै।
मेरो जिन्दगीको, कहर बेग्लै।]…२
तिमीले त हिरामा साट्यौ जवानी।…२
चर्कियसि साँझै, भत्कें म एक्लै।
नदुखेको कुनै, प्रहर छैन।
सपनाको महल, त्यो मेरो होइन।
रेटेर गयौ, यो दिल टेकेर गयौ।…२
सबै के भयौ, तिमी मेरो भैनौ।
आँखामा कुनै, सपना छैन।
सुखको स्वर्ग, त्यो मेरो होइन।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views