Udhne Rahar
Singer : Rachana Rimalउड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।
झरी बर्षेर के हुन्छ, मुटु आफै नै, जलेपछि।...२
जीवन पनि, जल्न सक्छ…२,भाग्यले साथै छलेपछि।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।
भुलमा हाँसेर के हुन्छ, मन भित्रभित्रै रोएपछि।…२
बाच्नै पनि गार्हो हुन्छ…२, काँडाले मुटु छोएपछि।
उड्ने रहर त के हो र, आकाश नै भुईमा खसेपछि।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।…२
उभिनै पनि, गार्हो हुन्छ…२, टेकेको भुई, धस्सेपछी।
उड्ने रहर, त के हो र, आकाश नै भुईमा खसेपछि।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views