Doko Bunne


[भेटिनै छाडे हजुर, बरपीपल छाँया।
उहिले त लेखिन्थ्यो रे, चिट्ठीमा माया।]…२
डोकोबुन्ने निगालो चोयाँले, ज्यानैखायो त्यो तिम्रो मायाले।...२ 

[नाच्न गाउन रोधीमै, गईन्थ्यो नि है। 
साथीसंगी सबै छुटे, कहाँ गए खोई। ]...२ 
साहिँलीको त्यो बोलीमा, अड्किन्थ्यो मन। 
सम्झनाभै बिलाईगए रमाईला ति क्षण। 
कठै, 
[छोटो जीवन, संगसंगै हासौंला। 
नलाउ पिरिम, छोडेर जाने भा।]...२ 

पहिले पहिले त, माया लाउँभन्दा, घरकाले दिन्थेनरे। 
अहिले अहिले त,जालीछन सबै चोखोमाया भेटिन्नरे। 
डोकोबुन्ने निगालो चोयाँले, ज्यानैखायो त्यो तिम्रो मायाले।...२ 

[सम्झना साँटी, मायाको चिनो, कुसुमे रुमाल।
लाईराखे साहिँली, नबिर्सेस माया, त्यो ज्यानलाई सोचेर।]...२ 
त्यो ज्यानलाई सोचेर।...२ 
You Might Also Like These Songs
Total Views