नखोज रंग आँसु र पानीको, मायामा फुल्ने यो जिन्दगानीको।…२

सुनैको सपनी छैननि मसँग, हीराको बिपनी छैननि मसँग।…२
हे मालती, 
खोज शिर फूलमै मायाको संसार, मुटु तिमीनै,तिमीनै जुहार।…२

तिमीनै सपनी, के छ र मसँग, तिमीनै विपनी, को छ र मसँग।…२
हे पियार। 
तिमी नै लाख, तिमी नै हजार,मुटु तिमी नै, तिमी नै जुहार।…२

मायाले दुरी गन्दैन, घाम र जून भन्दैन।…२
दुइ मुटु हाम्रो साक्षी छन्, फैलिन्छ माया घट्दैन।…२ 

डाँडाले रोक्न सक्दैन, खोलाले छेक्न सक्दैन।…२
पिरती हाम्रो बतास हो, सुवाश छर्न छोड्दैन। …२ 

सुनैको सपनी छैननि मसँग, हीराको बिपनी छैननि मसँग।…२
तिमीनै सपनी, के छ र मसँग, तिमीनै विपनी, को छ र मसँग।…२
हे मालती, 
तिमीनै लाख, तिमीनै हजार,मुटु तिमीनै, तिमीनै जुहार।
खोज शिर फूलमै मायाको संसार, मुटु तिमीनै,तिमीनै जुहार।
नखोज रंग आँसु र पानीको, मायामा फुल्ने यो जिन्दगानीको।…२

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि दरौंदी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गएझैँ हुन्थ्यो।
साथीसंगी सँग जेखाएपनि, बिहेकै भतेर खाएझैँ हुन्थ्यो।
लेकरबेशी गर्दाहै हामी, दिनपनि हुन्थ्यो, रातपनि हुन्थ्यो।
छुट्टिनुपर्दा तिम्राति आँखा, दरौंदीजस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिनेआशमा, दुबैकोमन धपक्कै बल्थ्यो।

सम्झना तिम्रो नहुँदो होत, यो मन खालीखाली हुन्थ्यो।
यी आँखारुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।
एकअर्काको भर नभए त, न राधिका न कृष्ण हुन्थ्यो।
न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।

[भेटिनै छाडे हजुर, बरपीपल छाँया।
उहिले त लेखिन्थ्यो रे, चिट्ठीमा माया।]…२
डोकोबुन्ने निगालो चोयाँले, ज्यानैखायो त्यो तिम्रो मायाले।...२ 

[नाच्न गाउन रोधीमै, गईन्थ्यो नि है। 
साथीसंगी सबै छुटे, कहाँ गए खोई। ]...२ 
साहिँलीको त्यो बोलीमा, अड्किन्थ्यो मन। 
सम्झनाभै बिलाईगए रमाईला ति क्षण। 
कठै, 
[छोटो जीवन, संगसंगै हासौंला। 
नलाउ पिरिम, छोडेर जाने भा।]...२ 

पहिले पहिले त, माया लाउँभन्दा, घरकाले दिन्थेनरे। 
अहिले अहिले त,जालीछन सबै चोखोमाया भेटिन्नरे। 
डोकोबुन्ने निगालो चोयाँले, ज्यानैखायो त्यो तिम्रो मायाले।...२ 

[सम्झना साँटी, मायाको चिनो, कुसुमे रुमाल।
लाईराखे साहिँली, नबिर्सेस माया, त्यो ज्यानलाई सोचेर।]...२ 
त्यो ज्यानलाई सोचेर।...२ 

मान्छे कति सुन्दर हुन्छन, जति अगाडिका आँखा।
तैपनि मनले किन ठान्छ, कोही काख कोही पाखा।

फूल राम्रो, फूल हुन बासना नि चाहिन्छ।
आफु भित्रै जलिराखे, बाहिर के नै पाइन्छ।
जल्दाजल्दै डढेपछि, भित्रभित्रै बलेपछि।
नाथे आँखाले के देखोस, सबै धमीलो, कालो
अविरल, अनन्त, नराम्रो, कुरुप संसार।

बरु आँखा नहोस, आँसु नझरोस।
सबैलाई मनले छाम्न सकियोस।
दुइ बचन न्यानो मायाको।
आमाले जस्तै, बाड्न पाइओस।

कहिले मन बहेर जान्छ, सकिन्छ कि जसै।
बिहान उठ्दा काँधको भारी, हिजोको आज उस्तै।
छोरा छोरी देख्दा मलाई, संसार जिते झै लाग्छ।
खै के थाहा, स्वर्ग भन्ने, यहि छ कि, कहाँ छ।

रंगीचंगी दुनियामा, रंगकै ठुलो भाऊ छ।
आफ्नो रंग चिनौ हामी, तेसमै जीवनज्ञान छ।
रातो, निलो, हरियो, पहेलो,सेतो सबै ठिक छ।
कालो पनि ठिकै छ, कालो रंगमा त झन, जे पोते हुन्छ।

दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।

मान्छे सबै अभिनय गर्छन, त्यो उनीहरुलाई नै ठिक छ।
दिल खोलेर माया गरौ, साँचो मायाले तेसै जित्छ।
आफु अघि जो भेटिन्छ, उसलाई माया गरौ।
एकबार को जिन्दगीमा, हासीखेली बाँचौ।

देख्या छैन देउतालाई, बाबा जस्तो कि आमा।
शत्रु छैन, मित्र छैन, सबै एक अर्काका ऐना।
आफ्नो भन्नु मनले हुन्छ, मुखले अर्को भइन्छ।
ठेस खाएर लडेपछि, बल्ल थाहा पाइन्छ।

नाच्दा-नाच्दै ढलेपनी, एकछिन जिउन त पाइयो।
केही गरेनि लान नमिल्ने, सम्पती किन चाहियो।
अब त्यसै नबसौं है, सहि समय कुर्दै।
दुख बाँडे कम हुँदोरैछ, सुख बाँडे धेरै।
आउने जाने ठेगान छैन, अहिले हो कि भरै।
 E       B         E              B        E
म कहीँ कतै हराएँ भने, म त तिमी भित्रै हुन्छु। 
B           A       E             B       C#m   B
घचारोमा नखोज्नू मलाई, पसारोमा नखोज्नू मलाई। 
  E       A
म कहीँ कतै हराएँ भने। 
 
A                B                   B            E
यहाँ हराउने ठाउँ धेरै छ, आँखामा हराउँछु कहिले म। ...२ 
   D    E       A                  B             C#m
नशामा हराउँछु कहिले म,हराउँछु कहिले मायामा पनि। 

C#m          B         A                    B             A    E
तर मायामै डराउँछु कहिले म,तर मायामै डराउँछु कहिले म। 
E          A
म कहीँ कतै हराएँ भने। 
 
A          B                          B            E
यो मन बुझाउनु गाह्रो छ, कहिले आफैँमा भत्किन्छ। ....२ 
   D    E       A                    B             C#m
कहिले आफैँसँग झस्किन्छ, निभाउँछ कहिले प्रतिरोधको ज्वाला। 
C#m          B   A                       B             A    E
फेरि सन्तापले आफैँमा सल्किन्छ, फेरि सन्तापले आफैँमा सल्किन्छ। 

 E       B         E              B        E
म कहीँ कतै हराएँ भने, म त तिमी भित्रै हुन्छु। 
B           A       E             B       C#m   B
घचारोमा नखोज्नू मलाई, पसारोमा नखोज्नू मलाई। 
  E       A
म कहीँ कतै हराएँ भने। 

[मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।
मेरो खबर नखोज्नु, म सबै देखि, टाढा छु।]…२
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[थोरै आँसुमा डुब्दैन, चर्लुम्म जिन्दगी। 
दुइ चार घाउ अझै लेख्नु, मेरो नाममा]…२  
मेरो चिनारी नखोज्नु, म आफै देखी, हराउँदै छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…२
मेरो हाल नसोध्नु, म सधै झैँ, बेहाल छु।  

[सल्किएर पनि म, खरानी भईन। 
अझै आगो लगाउनु, मेरो घरमा ]…२ 
मेरो ठाउँ नखोज्नु, म पहिरोमा, उभिएको छु। 
म त्यही छु, म त्यही छु, जहाँ सन्चो, सुविधा सोधिन्न।…४  

देउरालीमा बतास चल्यो।…२ 
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।…२
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।
 
बाँजको पात हल्लाउदै, छहरालाई गिज्याउँदै।…२
उकालीको बादलुलाई उडाउदै, जिल्याउँदै ।…२ 
गुराँस घारी पाखो खुल्यो, पाखो खुल्यो, पाखो खुल्यो। 
देउरालीमा बतास चल्यो।देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।

सौन्दर्य र एकान्तको दुई धारा देउरालीमा।…२  
सप्तरंगी चिमल फूलको ओठ चुम्दै नौ डालीमा।…२  
भौतारिंदै हुस्सु डुल्यो, हुस्सु डुल्यो हुस्सु डुल्यो। 
देउरालीमा बतास चल्यो।देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।

घारी घारी जिस्की पस्दै, डाली डाली बस्दै बस्दै।…२  
कहिले काहीं थाके जस्तै, संगीत र सुगन्धको।…२  
सुइँको पाए मात्ते जस्तै, 
यतै कतै फूलमा भुल्यो फूलमा भुल्यो फूलमा भुल्यो 

देउरालीमा बतास चल्यो।…२
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।
बतास चल्यो, बतास चल्यो बतास चल्यो।
देउरालीमा बतास चल्यो।

यो मायालाई मै लान्छु चोरेर।…२
भैरुंग डाँडो, मिशिनले फोडेर।
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२  
कहाँ होला मयाले बोलेको।…२
शितलु भयो, हृदय पोलेको। 
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२ 

[कदमको छायैमा बात मारौंला। 
मिठा कुराकानीले आँत भरौंला।]…२ 
जोवन यसै जाने भो ढल्केर। 
आएँ म त तिम्रै पछि पल्केर। 
तिमीलाई नि पिरती चाहिन्न र।  
अलिकति बोल्न नि पाइन्न र। 

बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ।..२  
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…२ 

हो, फुरफुर गरि उडन मेरो पुतली। 
सजाईदिउँला मै तिम्रो बगैचा। 
बादल माथी उड्ने भए रहर।
आकाश तानी ल्याई दिउँला हातैमा। 
[कदमको छायैमा बात मारौंला। 
मिठा कुराकानीले आँत भरौंला।]…२ 
[मुटु चुंडी दिउँला म भन्दिन।
तिमी बिना जिउन नि जान्दिन]…२ 

बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ।
तरिका सिकेर आइन्छ, बोल्नलाई तिमी नै चाहिन्छ।   
बिजुली बलेको होला, मै जाने पुतली रेलैमा।…५   

घर के ले छाउनु, पराल न खर, छैन नि झिंगटी।…२
हउ, भाग्यमै भए, कमाउँछु भन्छ, चार टिन सम्पती।…२ 
गाई भने सानो, दुध दिन्छ मानो, खानु कि नखानु।
मागेरै लानु नसक्ने संग, जानु कि न जानु।  
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...२ 

बाँझो खेतबाली लगाउँछु भन्छ, हलोले जोतेर।…२ 
रित भातै बिना, आँखाको चालमा, नौ डाँडा काटेर।
हउ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानु कि नजानु। 
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...२ 

हा हा, भिर र पहिरो, खोलाको बाटो, नमान्नु डरै डर।…२
नफुल्नु माया, मनभरी फुल्यो, यो जुनी तिम्रै भर।…२

सुन है साथी, दोधारमा परें, के गर्नु, के गर्नु। 
देखाउने माया, भगाउने माया, कुनचाहीं पत्याउनु। 
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु।...४     

माथी माथी पानथरैमा, टिका घाम भो। 
नामसारी गरि लैजाउ मुटु, तिम्रै नाम भो। 
सुसाउदै देउरालीले मिठो गीत गायो। 
हिउँले सरि, यो कलेजी, पिरतीले खायो।

मखमली चोली माथी, छड्के लायौ घलेकी।
ऐ…मखमली चोली माथी, छड्के लायौ घलेकी।
रुपै सुन्दर मेरी हजूर, धपक्कै बलेकी।
[मखमली चोली माथी, छड्के लायौ घलेकी।
रुपै सुन्दर मेरी हजूर, धपक्कै बलेकी।
हे नि लु है ,रुपै सुन्दर मेरी हजूर, धपक्कै बलेकी।]…२  

ऐ…नजरैको करौतिले, रेट्यौ मुटु रटक्कै। 
अन्त नजर मरिजाम, जान्न पटक्कै। 
[नजरैको करौतिले, रेट्यौ मुटु रटक्कै। 
अन्त नजर मरिजाम, जान्न पटक्कै। 
हे नि लु है…अन्त नजर मरिजाम, जान्न पटक्कै।] …२   

ऐ…बोकी ल्याउनु बेशीको घाम, लेखमा चल्छ लुघलुघी। 
मौका मिल्दा, मुखै फोर्नु, गएपछि चुकचुकी। 
[बोकी ल्याउनु बेशीको घाम, लेखमा चल्छ लुघलुघी। 
मौका मिल्दा, मुखै फोर्नु, गएपछि चुकचुकी।
हे नि लु है…मौका मिल्दा, मुखै फोर्नु, गएपछि चुकचुकी।]...२ 


हितैको माया भन्न सजिलो, उति जति गाह्रो रैछ, कुरो मिल्नलाई।
खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई।
मैले जे गरे पनि, तिम्लाई पुग्दैन भने, किन मार्छौ तिमी कसैको मन?
आफ्नो प्राणभन्दा प्यारो, कोहीले हात थामिदिए।
जाँठा, कमाइदिम्ला त्यस्ता जाबो धन।
लु है त, आज चल्दिएँ म,अनन्त मेरो मायातिर।
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर।
लम्किएँ म तिम्रै छायातिर।

हीरैले सजिएको महल पनि, रित्तो लाग्छ रे मायालुबिना।
अटुट यो सम्बन्ध नै बदलिदिने, त्यति विष हुन्छ झूटो बोलीमा।
कर्म गर्नु छ, तर सबलाई चित्त बुझाउने क्रममा, आमैको इच्छा नमरोस्।
जति-जे छ जीवनमा, आत्मबल मेरो मनमा, तिम्रै प्रेरणा साथमा भर हो।
लु है त, आज चल्दिएँ म, अनन्त मेरो मायातिर।
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर।
लम्किएँ म तिम्रै छायातिर।

जसरी घाम डुल्दै, हिँड्थेँ म त्यसै गरी, जिउन पाम्।
एकछिनलाई बिर्सिदेर सबै काम, जिगरीको भटभटे पछाडि।
ठूलो त भइएछ, सान्तिनो गल्ती नि गरिएछ।
अब आएर बुझियो त्यसैले त, माफ गरिदिनू है मलाई, तिमी मलाई।

हितैको माया भन्न सजिलो ,उति जति गाह्रो रैछ कुरो मिल्नलाई।
खुशीको दियो बाल्न धैर्यको खेल, समय लाग्दैन आगो निभ्नलाई।
लु है त, आज चल्दिएँ म, अनन्त मेरो मायातिर।
हेरम् न कसले रोक्ने मलाई, छैन अब केहीको पीर।
लम्किएँ म तिम्रै छायातिर।…२
G                                             Cm
जाँदा माया हास्दै जानु ल, खुशी सबै सँगाली लानु ल।
G                                         Cm
यादहरुमा मै बाँचुला, काहानी यो अधुरै साँचुला ।
G                                   Cm G
किन माया बस्छ, आफै दुख्नलाई।…२
Cm
लाग्छ बेरकति, यो घाऊ सुक्नलाई।
G                                 Cm            G
मै गली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।

G
झस्काई रहलान, सम्झाई रहलान। 
Cm
म कहाँ जाउला, तिमीबाट टाढा।
G                               Cm
समिपै हुन्छु, झनै म गाढा, शितझैँ हराई।
G
तिमी हुँदाका खुशीहरु, आँसुले रंगाई।
G                 Cm 
सुवाष कस्तुरी, सहुँला दस्तुरी।
G                            Cm
सुवाष कस्तुरी हे माया, सहुँला दस्तुरी।  

G
आँशुको भारी, मन गाँठो पारी।
Cm
पोखियो आज, संसारै हारी।
G
मनै त हो नि, सके सम्झाउँला।
Cm
नसके आधा यो, मुटु लिई जाउँला।
G                            Cm
मै गली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।

मेरो सिरानी तिम्रो, हात साँची दिनु। 
यो समय त गैगयो, अर्को जुनी संगै बाँचिदिनु। 
भो अब म सदा हुन्छु, ठिकै छ म आधा हुन्छु।…२
 
हेर्ने करोडौ आँखा होलान, हेर्ने लाखौ मुटु होलान। 
तिम्रा यादका छालहरु, परेली भिजाउलान। 
मेरा आफ्नै बेहालहरु, सिरानी भिजाउलान। 
जाउ म सहुँला, सुन्यमा रहुँला।
जाउ म सहुँला हे माया, सुन्यमा रहुँला ।  

किन माया बस्छ, आफै दुख्नलाई।…२
लाग्छ बेर कति, यो घाऊ सुक्नलाई। 
मै जली गएँ, मै ढली गएँ नि, एक्लै भए नि।

Baa


बा, तिमी फर्केर आउ यहाँ।
म फर्केर, मेरा सबै, गल्ती सच्याउछु क्या। 
सच्याउन सकिन भने, माफी बिसाउछु क्या। 
तर फर्केर आउ यहाँ। 
बल्ल छोरो, हुदैछु म, यसरी नजाउ न बुढा। 
तर फर्केर आउ यहाँ। 

मलाई आकाश देखाउनलाई, हिड्यौ तिमी भुइँमा। 
मलाई आकाश छोए जस्तो भयो तिम्रो बुईमा।
म हट-हट घोडा भन्दै तिम्रो, ढाडमा चढीरहें। 
ढाडमै खेले, ढाडमै सुते, ढाडमै लडि रहें। 

त्यहीबेला सिकेहुँला, तिम्लाई भारी बोकाउन। 
बा पनि गल्छन भन्ने, कोहि थिएन सिकाउन…२।
आज थाहा पाएर, थर-थर-थर-थर काँपे मेरा गोडा। 
मेरो घोडा बनेउ, तिमी रैछौ वायुपंखी घोडा। 
ए बा, ए.…वायु पंखी घोडा। 

मैले थिचिरहें, तिम्रा पखेटा लाइ ,थिची रहें। 
आफ्नो आकाश, खोज्दा तिम्रो, आकाश मिचिरहें। 
मलाई दुख्यो छोरा, तिमी ओर्ल भन्दा।
भन तिम्रो के चाही, जान्थ्यो क्या। 
किन सहिरह्यौ, बुढा। 

ये घोडा, थाके होलान गोडा। 
तर मैले गर्दा, नबस ल। 
घोडा बस्नु, भनेको के हो। 
यति बुझ्ने, भाको छु म। 
तिमी मैले गर्दा, नबस ल।  ल। 
नबस ल, मेरो घोडा। 
मेरो उड्ने घोडा। 
मैले गर्दा तल, नखस ल। 
 

न म सँग कुनै नाम छ, न म सँग हिरामोती छ। 
न त म सुकुमारी छु, न त मेरो रुपै रंग छ। 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    

[जब देखेँ तिमीलाई, यो मनमा, बन्यो तिम्रै चित्र।
तिमी बाहेक अरु कोहि अट्दैन,यो मेरो दिल भित्र।]…२ 
तिमीलाई पाउँदा त्यसैत्यसै, यो मन दंगदंग छ। …२
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    

[यी आँखाका नानी मा, हरपल खेल्छ तिम्रै छाँया। 
पलपल यो मुटुमा धड्कीरहन्छ, तिम्रै माया। ]... २ 
तिमी छौ र त जिन्दगीमा, हाँसो खुशी उमंग छ। … २ 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४   

न म सँग कुनै नाम छ, न म सँग हिरामोती छ। 
न त म सुकुमारी छु, न त मेरो रुपै रंग छ। 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    

तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
[तिमी फूल म काँढा,तिमी सम्म म डाँडा।
तिमी मै हराउँछ, मेरो दुनिया सारा।]…२
तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।

मिलन संगै किन बिछोड पनि, खुशी संगै किन आँसु पनि।…२
[म घाम तिमी जुन, भाग्यमै थियो रुन। 
आँसु लुकाएर, सकिन बिदा दिन। ]....२  

नसोचेको भयो, बिपना मेरो, नदेखेको भयो सपना मेरो। …२ 
[नरोक तिम्रो हुन, मायाले देउ छुन। 
सजाउँछु तिम्रो सिउँदो, नपरोस अब छुटिन। ]....२ 

तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
[तिमी फूल म काँढा,तिमी सम्म म डाँडा।
तिमी मै हराउँछ, मेरो दुनिया सारा।]…२
तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
G                  D             C     Am              D
राई माईलाले गाउँ छोड्यो रे, बाटो छेकि देउ न।
Am                D              G           C
कुन गाडीमा चढ्यो होला, कुन घुम्ती काट्यो होला। 
Am               D      C         D
ढाँट राखिदेउ न, ए फर्क भनिदेउ न। 
G                  D             C     
राई माईलाले गाउँ छोड्यो रे।…२

Am             Em     Am           Em         
शिरमा ढाका टोपी, कुममा काने झोला। 
Em          Am                     C        
गोलो चिम्सो आँखा, खुकुरी नि होला।
Em          C            G           C     
नाम सोधे उसलाई, फूल झैँ हाँसी देला।
Am             Em     Am           Em      
कोटको गोजी भित्र, हाम्रो फोटो होला।
Am             Em                   C
त्यहि फोटो हेर्दै, भोली माईला रोला। 
C                       G                   C     
बिन्ती तर्न नदेउ, उनलाई अरुण खोला।
C                 D 
ए फर्क भनिदेउ न।
G                          C
राई माईलाले गावै छाड्यो रे।…२

Am         Em     Am           Em   
उ गई गयो भने, खेत कल्ले खन्छ।
Em          Am                     C   
सन्चो बिसन्चो मा, के छ कल्ले भन्छ।
Em          C            G           C 
को कलिया बन्छ, को मलामी जान्छ।
Am             Em     Am           Em 
एउटा मान्छे जाँदा, एक्लै कहाँ जान्छ।
Am             Em                   C 
उल्ले गाउँदै हिड्ने, गीत पनि लान्छ। 
C                       G                   C
बिन्ती रोक उसलाई, घडी फूल ले भन्छ। 
C                 D 
ए फर्क भनिदेउ न।
G                          C
राई माईलाले गावै छाड्यो रे।
G                  D        C
राई माईलाले गावै छाड्यो रे।…५ 

सासैमा तिम्रो म रहिरहेको थिएँ। 
धेरै दिन भो क्या हो नभेटेको। 
तर्कीतर्की आँखालाई हेर्ने बानी नि हरायो
हुन्न त नजिक तिमी नै, नैतर्सिरहने मनलाई तर्सिन नदेऊ हैभोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छम त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमाहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाटहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
बातैमा तिम्रो म भुलिरहेको थिएँधेरै दिन भो क्या हो नसुनेकोलडबडिने बोलीलाई लडबडिन देऊ हैदोष फेरि तिम्रो असरकैतर्सिरहने मनलाई तर्सिन नदेऊ हैभोलिपर्सि आउँछु म तिम्रै
तिम्रो टोलमा छिमेकी कत्तिका घुम्छन्नत्र एकतालि-एकतालि आऊँ कि जस्तै लाग्छम त दिनभरि-दिनभरि तिम्रै नै ख्यालमाहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाटहो, भन बरु, आउँछु, आउँछु म, खोल है, झ्यालबाट
हो, हावाले उडाउँदैन, छैन है भिजेकोमाया मेरो, तिम्रो फोटो मुटुले खिचेकोहावाले उडाउँदैन, छैन है भिजेकोमाया मेरो, तिम्रो फोटो मुटुले खिचेको, हो
सासैमा तिम्रो म रहिरहेको थिएँधेरै दिन भो क्या हो नभेटेको

ओइ किन फेरि सियो छ है हामी, नाच र यहाँ, र यहाँ। 
पारि खायो, पारि खायो, आगो सल्कियो।
रसायो र सानी माया दुईतिर पल्कियो।

पर्ख पर्ख पर्ख न, नगर न हतार नगर। 
यता खोजीरा, उता खोजीराछु, त्यो माया को अर्थ।
पर्ख पर्ख पर्ख न, नगर न हतार नगर। 
यता खोजीरा, उता खोजीराछु, त्यो माया को अर्थ।
तिमी किन फेरि फर्की -फर्की आइरा, सताइरा, दिन रात। 
तिमी किन फेरि पछि पछि चालिरा पाइला। 
एकचोटी त फसायौ हुन्न अर्को पालि।
सोजो सोजो पारा, बोली तिम्रो जाली।
कहिले काहीँ सोच्छु जे भयो के को लागि?
हुन त के सही हो गयौ नि सिकाई।
बाँकी सबै याद नि लैजाऊ बरु। 
समय, समय कति खर्च भएछ। 
हिसाब त खै के गर्नु।
पचाएर लाज त के फर्कनु, yeah

पर्ख पर्ख पर्ख न, नगर न हतार नगर। 
यता खोजीरा, उता खोजीराछु त्यो माया को अर्थ। 
लड्दै पड्दै भड्किदैँ थिए दायाँ बायाँ। 
कम्मरै तिर ढल्किएछ मेरो माया। 
लड्दै पड्दै भड्किदैँ थिए दायाँ बायाँ। 
कम्मरै तिर ढल्किएछ मेरो माया। 
नजुधाऊ तिमी आँखा, फेरि नजुधाऊ आँखा। 
नहेर मलाई त्यसरी नजुधाऊ तिमी, yeah
बानी तिम्रो सबै-सबै-सबै सबै थाहा छ। 
धेरै चोटी पूगी सक्यो तिम्रो त्यो तमाशा। 
सताएर घरि-घरि फकाउने आशा। 
फकाएर फेरि मन दुखाउने थाहा छ। 
तिमी, बिसालु साँप झैँ, तितो सराब झैँ। 
बनी सराप नै आयौ जीवन मा। 
अत्ती खराब भैसक्यो सम्हाल्न नै। 
हाम्रो कथा को सक्की सक्यो पाना। 

एकचोटी त फसायौ, हुन्न अर्को पालि।
सोजो सोजो पारा, बोली तिम्रो जाली।
कहिले काहीँ सोच्छु जे भयो के को लागि।
हुन त के सही हो गयौ नि सिकाई।
बाँकी सबै याद नि लैजाऊ बरु। 
समय, समय कति खर्च भएछ। 
हिसाब त खै के गर्नु।
पचाएर लाज त के फर्कनु, yeah

पर्ख पर्ख पर्ख न, नगर न हतार नगर। 
यता खोजीरा, उता खोजीराछु त्यो माया को अर्थ (अर्थ)

लड्दै पड्दै भड्किदैँ थिए दायाँ बायाँ।
कम्मरै तिर ढल्किएछ मेरो माया।
लड्दै पड्दै भड्किदैँ थिए दायाँ बायाँ।
कम्मरै तिर ढल्किएछ मेरो माया।

ओइ किन फेरि सियो छ है हामी, नाच र यहाँ, र यहाँ।
ओइ किन फेरि सियो छ है हामी, नाच र यहाँ, र यहाँ।
G.                        Cadd9.       G
जून हेर्नु तिमी, माथी माथी सगरको।...२ 
Em.           Bm.      C.   G
म हेर्छु मेरो जून, तिम्रो नजरको।...२
 
G.                                    C.         D
हो, चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला। 
Cadd9.              D.     C.            G
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला।...२

G
फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ? 
G
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?
Cadd9.            D
लेकैमा कुहिरो पर्खिरहेछ।
Cadd9.               D.         G
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ।...२
[फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ? 
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?]...२

G.                          G.            Cadd9
तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु।
D.           G.     G.         Cadd9. D
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर।
G
ए ऽऽ हहहः आआ हाह…… बुकीफूल।

G.            Cadd9 D G. Cadd9 D
तिमी जस्तै न्यानो, तिमी जस्तै शितल।
Cadd9. D G
ऊनको स्वीटर।...२
You Might Also Like These Songs
Total Views