Adheri Jastai, Juna binako



अधेरी जस्तै जुन बिनाको, पधेरी जस्तै पानी बिनाको। ...2
तिमी नभए मेरो जिन्दगानी। ...2 आँखा जस्तै नानी बिनाको। ...2

अधेरी जस्तै जुन बिनाको, पधेरी जस्तै पानी बिनाको

फुल झरेको डाली हुन्छु, पखेटा काटेको चरी हुन्छु। ...2
एकछिन तिमी टाढा भए। ...2 बगरको माछी सरि हुन्छु। ...2
बासुरी जस्तै धून बिनाको, सारंगी जस्तै तार बिनाको।
तिमी नभए मेरो जिन्दगानी। ...2 खुकुरी जस्तै धार बिनाको। ...2

अधेरी जस्तै जुन बिनाको, पधेरी जस्तै पानी बिनाको।
चंगा चुडेको चाल हुन्छ, डुंगा डुबेको हाल हुन्छ। .....2

तिम्रो बारेमा नराम्रो सुन्दा ...2 आँखामा आँसुको ताल हुन्छ। ..2
मादल जस्तै खरी बिनाको, चौतारी जस्तै वर बिनाको।
तिमी नभए मेरो जिन्दगानी ...2 आगनी जस्तै घर बिनाको। ...2

अधेरी जस्तै जुन बिनाको, पधेरी जस्तै पानी बिनाको।


You Might Also Like These Songs
Total Views