चाहना मनमा, उडाई ल्यायो की, आवारा मौसमले।…२
यो मनको कुरा, चढ़े आँखैमाँ, बुझलान करैले।
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ।
उडायो हावाले यो मन, उडायो हावाले।…२

गुन्जने, यो आवाजको, भावना छ बेग्लै।
सुस्तरी, बोल है, नबुझ्ने छैनन कोही।
बाहाना मनमा, बढ़ाई ल्यायोकी, आवारा यो पलले।
यो मनको कुरा, चढ़े आँखैमाँ, बुझलान करैले।
यो पलपल को, आवाज हो, टिक्दैन कोही यहाँ।
उडायो हावाले यो मन, उडायो हावाले।…२

इन्टु मिन्टू लण्डनमा, के छ भन, तिम्रो मनमा।
इन्टु मिन्टू लण्डनमा, तिम्रो माया मेरो मनमा।

उडायो, उडायो, उडायो यो मन। 

नरोऊ तिमी, भन्छौ भने, हाँस्ने आधार देखाई देउ।…२
मेरो कुरा, मान्छौ भने, मेरो नाउँ, मेटाई देउ.…२। 
नरोऊ तिमी, भन्छौ भने, हाँस्ने आधार देखाई देउ।

लडें भने, कहीं कतै उठाइदिने कोही छैन।…२
कुल्ची हिड्छन, छाती मेरो, हात दिने कोही छैनन…२।
नरोऊ तिमी, भन्छौ भने, हाँस्ने आधार देखाई देउ।

रातमै जल्छन, दिनमै जल्छन, माया गर्ने मान्छे हरु।…२
आगो विना जल्दो रैछन, म जस्ता घाईते हरु…२।
नरोऊ तिमी, भन्छौ भने, हाँस्ने आधार देखाई देउ। 
मेरो कुरा, मान्छौ भने, मेरो नाउँ, मेटाई देउ.…२। 
नरोऊ तिमी, भन्छौ भने, हाँस्ने आधार देखाई देउ। 

मायाले बोलेको, बोलि मिठो भो।
सुरिलो आवाजको, जादु छुट्टै भो।
जोवनले पिरतीको, कथा लेख्ने भो।
आँखाको गहिराईमा माया।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२
धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।

चाहना यस्तै हो कि, माया हो यो मेरो।
बाहना तिमी हौ कि, भावना हो यो मेरो।
यो मनले त्यो मनसँग, माया गाँस्ने भो।
मन भित्र गहिराईमा, माया।
देबिदेउता भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।

धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।
मायाले बोलेको, बोलि मिठो भो।
सुरिलो आवाजको, जादु छुट्टै भो।
जोवनले पिरतीको, कथा लेख्ने भो।
आँखाको गहिराईमा माया।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२
धर्ती आकाश भाकेर, यो मनै तिम्रो भो।
जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२

बिहानी फुल हाँस्यो, राती चन्द्रमा।
जन्ती लिई आउनु हजूर, मङ्सिर पन्ध्रमा।  
You Might Also Like These Songs
Total Views