कल्ले बुझ्यो खै हजुर, कल्ले बुझ्यो खै।
मै माया जालमा परेको,कल्ले बुझ्यो खै।

सुनको कचौरीमा, गाईको विगौती।…२ 
मायाले दिएको खाऊँ कि नखाउँ म।…२
उनको पछ्यौरीमा, झिलझिल सीतारा।…२
मायाले दिएको, लाउन कि नलाउ म।…२ 

कल्ले बुझ्यो खै हजुर, कल्ले बुझ्यो खै।
मै माया जालमा परेको,कल्ले बुझ्यो खै।

धान कुटी चामल, मकै पिंधी पिठो।  
दिलमायाको बोली, अमृत भन्दा मिठो।
सुनको कचौरीमा, गाईको विगौती।…२ 
मायाले दिएको, खाऊँ कि नखाउँ म।…२

चौतारीमा वर, आफै बिचार गर।
बैगुनीलाई यहाँ, लाउदिन म कर।
उनको पछ्यौरीमा, झिलझिल सीतारा।…२
मायाले दिएको, लाउन कि नलाउ म।…२

कल्ले बुझ्यो खै हजुर, कल्ले बुझ्यो खै।
मै माया जालमा परेको,कल्ले बुझ्यो खै।

कालीन्चोक माईलाई, त्रिशुल र भेटी।
सरमै लाग्छ, देख्दा मा केटी।
सुनको कचौरीमा, गाईको विगौती।…२
मायाले दिएको, खाऊँ कि नखाउँ म।…२

काउलोको रुखमा, मयुरको जोडी।
सरमै लागे, आउ घुम्टो ओढी।
उनको पछ्यौरीमा, झिलझिल सीतारा।…२
मायाले दिएको, लाउन कि नलाउ म।…२

कल्ले बुझ्यो खै हजुर, कल्ले बुझ्यो खै।
मै माया जालमा परेको,कल्ले बुझ्यो खै।

खुल्मेको कन्तुर, कन्तुरमा ऐना।
मन पर्या भए, लेउ रुमाल बैना।
सुनको कचौरीमा, गाईको विगौती।…२
मायाले दिएको, खाऊँ कि नखाउँ म।…२

आँखैको डिलमा, पिङ्ग खेल्छौ जहिले।
माया गर्छु भन्न, सकिन है मैले।
उनको पछ्यौरीमा, झिलझिल सीतारा।…२
मायाले दिएको, लाउन कि नलाउ म।…२

कल्ले बुझ्यो खै हजुर, कल्ले बुझ्यो खै।
मै माया जालमा परेको,कल्ले बुझ्यो खै।
You Might Also Like These Songs
Total Views