म त मर्छु क्यारे।…२
तिमी धेरै वर्ष बाँच।
तर नभुल्नु मलाई।…२
राखी दिनु मलाई कतै, तिम्रो मनको कुनामा।
म त मर्छु क्यारे।

हामीसंगै जिउँदा खेरी, धेरै गल्ती मैले गरें होला।…२
तिम्रो सानो भुलमा पनि, मैले तिम्रो मन रुवाँए होला।
मलाई माफ तिमी गरिदेउ माया, अब गल्ति नै कहिले हुदैंन होला।…२
म त मर्छु क्यारे।

मेरो जीवन सम्सानमा जल्दा, तिमीलाई पनि जल्न मन होला।…२
तिम्रो सिउँदो सधैं खाली हुदाँ, तिमी मुर्छा पर्दै रुन्छौ होला।
तिमी त्यस्तरी कहिले नरुनु प्रिय, म तिमीलाई सगरमा पर्खि बसुँला।

म त मर्छु क्यारे, तिमी धेरै वर्ष बाँच।
तर नभुल्नु मलाई।…२
राखी दिनु मलाई कतै, तिम्रो मनको कुनामा।
म त मर्छु क्यारे।


आओ यादहरुहो आओ, म निदाएको छैन कोल्टेफेर्दैछु।...२
सुकेको दिलमा, आगो लाएर जाओ।...२
आओ यादहरु हो आओ...

निराश छु म सुस्केरा हाल्छु ...२, दुख हो जीवन, दुखैमा गाल्छु।
आओ आँशुहरु हो आओ...२, आँखा चिम्लेको छैन, जून हेर्दै छु।
प्यासी आँखामा बादल, छाएर जाओ, आओ यादहरु हो आओ...

अधुरो छु म आधा कविता...२ आफै म हेर्छु आफ्नै रमिता।
आओ पीरहरु हो आओ...२, मरिसकेको छैन, बाटो हेर्दै छु।
बाँकी छन् आशा सबै लिएर जाओ।

आओ यादहरु हो आओ, म निदाएको छैन कोल्टे फेर्दै छु।...२
सुकेको दिलमा, आगो लाएर जाओ...२,
आओ आओ यादहरु हो आओ...
म निदाएको छैन, कोल्टे फेर्दै छु। 



तपोवन माझ, तप्न देउ मलाई।
सहन्छु कष्ट, दुई काँडा माझ।
झेलिन देउ मलाई। तपोवन।

पिडा सहन्छु बरु मनको, मुटु खोतली रंग छरिदेउ।
तृष्णा सहन्छु बरु मनको, प्यासी तिम्रो रस मुलको।
थोपा बनी खसी देउ।

झुलेका लामा केश धनका, दुई चुल्ठी कोर्न देउ मलाई।
पिपलु पात ओठ बेरी, चुमेर सारा अङ्ग भरि।
दिपक मनको, बुझाई देउ।

स्पर्श चाहिदैन दुइ हाथको, कोट्ट्याई हावाले सुगन्ध छरिदेउ।
बासनाले भरिएछ फूलहरु, रसिएछन बृक्षका फलहरु।
अमृत बनि झरिदेउ।

तपोवन माझ, तप्न देउ मलाई।
सहन्छु कष्ट, दुई काँडा माझ।
झेलिन देउ मलाई। तपोवन।



के छ खबर, हजुरको अचेल।...२
संबन्ध किन, दुरदुरको अचेल।...२
के छ खबर, हजुरको अचेल।

न राग मिल्छ, न ताल मिल्छ।...२
जीवनको धुन, बेशुरको अचेल।...२
के छ खबर, हजुरको अचेल।

तिर्खालु छैनन, श्रद्दलु छैनन।...२
शिरको उच्च, गजुरको अचेल। ...२
के छ खबर, हजुरको अचेल।

रित्तो छ मन, रहर छैन।...२
समय कस्तो, झूरझूरको अचेल।...२
के छ खबर, हजुरको अचेल।


माया, लजालु मेरी माया ...2
नशालु तिम्रो अधरको,गाजलु तिम्रो नजरको।
सम्झना आउछ मलाइ, दिन रात सताउछ मलाइ।
माया, लजालु मेरी माया।

किन आज यति धेरै मिठामिठा तिर्सनाका, लहर उर्लिए तनमा। ...2
छरिदिउन कि इन्द्रेणीले, बसन्ती रंगहरु इन्द्रधनुशी बदनमा।

नशालु तिम्रो अधरको,गाजलु तिम्रो नजरको।
सम्झना आउछ मलाइ, दिन रात सताउछ मलाइ।
माया, लजालु मेरी माया।

बर्षातको रमझमले,पाउजु को छमछमले, सरगम जगायो दिलमा। ...2
बेली चमेलिले, तिम्रा सहेलिले, मत्याई दियो यो मौसम मा।

नशालु तिम्रो अधरको,गाजलु तिम्रो नजरको।
सम्झना आउछ मलाइ, दिन रात सताउछ मलाइ।
माया, लजालु मेरी माया। माया नशालु मेरी माया। ...3



(सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।) ...2

(हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।) ...2

हे ...आँखाले त तिमीलाई टाढा नजाउ भन्छ।
कहिँ गए साथै लानु। ..2
ए ...के भनेको तिमीले, छाया हुँ म तिम्रै।
छोडी कहाँ जानु। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।

ए .. संसारमा सबभन्दा लाग्छ तिम्रै माया।
छुट्नु परे मारी जान्छु नि। ...2
ए ... नभन न त्यसरी, मुटु हाम्रो एउटै हो।
तिमी मरे मर्छु मा पनि। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

हो ...सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो। .....2
You Might Also Like These Songs
Total Views