रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।
कोरेको केश छ, धपक्क फेस छ, क्या दामी ग्रेस छ हो।
मुना लोभ्याउन, मदन म आको, क्यारेक्टर नि फ्रेश छ हो।

पाखा पखेरो बाट, डिस्को मा डाकी, मनैमा राखेको।
मन मझेरिबाट, मुटुमा सारी, नाम तिम्रै कोरेको।
यो मायामा तिम्रो, पिरती पर्यो रे।
पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पपप पर्यो रे।

रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।

[बोकी मा बोकी, सात घुम्ती नरोकी, लैजाउँला यो काँधैमा।
होकी न होकी, लडाउने पो होकि, पातलोपो छ त त्यो, पाखुरा।]…२
पाखुरा होइन कान्छु, आँट हो चाहिने, अनि माया लाइने हो।
कुरै कुरामा परि, मनलाई यो निखारी, यो मान्छे दाहिने भो।
तिम्रो छायाँमा मेरो, माया पर्यो रे।
पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पर्यो रे, पपप पर्यो रे।

[रेलिमाई नगर ख्यालठट्टा, दिलको लाउनु हुदैन, भागबन्डा।
आधी हैन, पुरैनै दिईसकें, तिम्रो पिर मनैमा, लीईसकें।]…३ 
एक पल्ट भनेको भए, मै छाडीदिन्थे तिमीलाई।
जबर्जस्तीको माया होइन, साच्चै चाहान्थे तिमीलाई।
मनमा चोर अझै छ तिम्रो, धेरै कुरा राख्यौ लुकाई।
एक न एक दिन त सबै, थाहा हुनुथियो मलाई।
केही नभनी अचानक, कहाँ गएऊ हराई।

किन मनै किन, भन म नै किन।
मलाई मात्रै होकि, यस्तै गरेऊ अरुलाई।…२
तिम्रो त धेरै आए गए, मेरो त केवल तिमी नै।

बाटोमा आउँदा जाँदा कतै, भेट त हुन्छ होला पक्कै…२
के कुरा गर्न सक्छौ तिमी, आँखा मा आँखा जुदाई।

बाँच्नलाई धेरै गार्हो हुन्छ, अरुको चित्त दुखाई। 



आमाको गहना बेची, बाबाले जोगाको सम्पति।
सबै सुम्पी, सबै खर्चि, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, जाऊ कि न जाऊ...२।
पाउदिन जवाफ, हातमा छ भिसा।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ...२, पाउदिन जवाफ,
हातमा छ भिसा, मनमा नेपाल।

देशले मलाई, चिन्न नखोजेको हो कि?
देशलाई मैले, दिन नजानेको हो कि?
डर लाग्छ, भविष्य संग, बढ्दो महंगी,
बढ्दो आवश्यकता, जाऊ कि नजाऊ...२।
सोच्छु बारम्बार, सक्दिन कि पाल्न।
सक्दिन कि पाल्न, भोलि परिवार।

कस्तो समय आयो, कस्तो अनौठो लहर।
जो देखे उसैको, विदेशिने रहर।
आफैमाथी, लाग्दैन भरोषा।
होला न होला, गोजीमा पैसा।
जाऊ कि न जाऊ...२ कतै छ कि आश।
जोगाढ्नु पर्ने हुन्छ...२, गास-बास र कपास।
जाऊ कि न जाऊ...२ पाउदिन जवाफ।
हातमा छ भिसा, मनमा छ नेपाल।
जाऊ कि न जाऊ। 



M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।

F:
न त हासेर नै सोध्यौ, कि माया गर्छौ मलाई।
न त बुझ्न नै खोज्यौ, आँखाको यो भाका।

M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।

F:
सधै ओरि-परी थिए म, तिम्रै सपना, देख्थे म।
मनपराई, एउटालाई, आ…ज अर्कैलाई रोज्नुपर्यो।

M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै सामु आज म त, अर्कैको बेहुली।

M:
तिम्लाई पाउने मेरो सपना, सपनानै रहने भयो।
संगै जीवन बिताउने, आशा यो, अधुरै रह्यो।
You Might Also Like These Songs
Total Views