[रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।]…२

[हिमाल झै अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो।]…२
यो जन्मदै जगतमा, कयौ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।

[जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन।
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो।]…२
गाई सरी छन साधु ,जो जो यहाँ जगतमा।
सबको शरण बलियो,  जङ्गी निशान हाम्रो।

रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।


[थामेर किन छोड्यौ हातहरु।
रोजेर किन तोड्यौ साथहरु।]…२
छोडेर गयौ, सारा यादहरु।...२
रोएर बिते, मेरा रातहरु।...२

दुई किनार हरु छोएर बग्ने, तिम्रो बानी मैले चिन्न सकिन।...२
तिमी बग्यौ कुन सागरमा मिल्न।...२
लहर हरु मैले गुन्न सकिन।...२

धेरै बहारहरु लुटेर भाग्ने, तिम्रो कहानी मैले बुझ्न सकिन।...२
तिमी उढेउ, कुन बसन्त भेट्न।...२
ओइलिएर फेरी, म फुल्न सकिन।...२

[थामेर किन छोड्यौ हातहरु।
रोजेर किन तोड्यौ साथहरु।]…२
छोडेर गयौ, सारा यादहरु।...२
रोएर बिते, मेरा रातहरु।...२ 
You Might Also Like These Songs
Total Views