मेरो भन्नु तिमी मात्रै छैन कोहि आफ्नो भन्नु।
म त तिम्रै प्रेम हो नि तिमी मेरो गीत बन्नु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
प्रेम गीतको।

कहाँ सक्छु भुल्न मैले अब तिमीलाई।
बल्ल-तल्ल भेटेको छु चोटै-चोट खाए पछि।
दुनियाँमा अरु कोहि चाहिँदैन मलाई।
यो मायाको बन्धनमा तिमी भए पछि।
सँधै भरि जिवन मा तिम्रै लागि हाँसि दिन्छु।
चोट लाग्दा तिमी लाई आँशु बनि बगि दिन्छु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
प्रेम गीतको।

आँधी हुरि बाधा अड्चन जे-जे आउन जिवन मा।
कवच बनि उभिदिन्छु पिरती को गोरेटो मा।
जतिसुकै चोट देओस तुसारो ले शिशिर मा।
बाह्रै मास फूलीदिन्छु तिमी हिँड्ने गोरेटो मा।
चाहा छैन अरु केहि तिम्रै लागी बाँचिदिन्छु।
मर्नै परे'नि आखिरि मा तिम्रै लागी मरिदिन्छु।
यस्तै मिठो बाचा भए डर छोडी बिछोडको।
हरकोहिले गाउने छन् कहानि यो प्रेम गीतको।
 {प्रेम गीतको }--२



मेरो ओठको लाली राम्रो, नाकैको फुली।
बादामी आँखा राम्रो, या मेरो बोली।
कोही भन्छन केश राम्रो, कोहि मेरो चोली।
यो छोरीको रुपै राम्रो। …३

[माया लाउन जान्नेले, जानिहाल्छ।
मलाइ हेरी बुझ्नेले, बुझिहाल्छ।] ...२
कोहि भन्छन मैले लाको चुरा राम्रो।
यो छोरीको रुपै राम्रो। …३

[भेष-भुष श्रिङ्गार बाहिरी रुप हो।
यी सबै आँखाका लागि मात्रै हो।] ...२
भित्रि रुप हुनुपर्छ, राम्री हुनलाई।
यो छोरीको मनै राम्रो। …३

हेहेहेहेहे, यो छोरीको रुपै राम्रो। …३



पोल्छ मुटु बेस्सरी आज भोलि मेरो।
आउछ याद, झनझनै आजभोलि तिम्रो।
[एक्लो मन के गरि बस्नु,तिमी नै भन कसरि बाच्नु।] ...२
भनि देउ तिमी के हो सोलुशन।

You're my heart, you're my soul,you're my everything
Hold me tight, keep me close,love me forever
You're my love, you're my life,you're my destiny
Dont leave me, be with me,always and forever

[मन रोया-रोयै छ, फकाउनु कसरि।
हुदै हुन्न नि सान्त्वना ले।] ...२
सम्झाउंदा हुन्न नि, बुझाउनु कसरि।
छुदै छुन्ननि औषधीले।

[निन्द्रा नि कहाँ गयो, भोक मेरो हरायो।
के रोग लाग्यो यो मलाई।]...२
सन्चो-बिसन्चो सोध्ने नि कोहि छैन।
बनायौ एक्लो तिमीले मलाइ।

पोल्छ मुटु बेस्सरी आज भोलि मेरो।
आउछ याद झल्झली आजभोलि तिम्रो।
[एक्लो मन के गरि बस्नु,तिमी नै भन कसरि बाच्नु।] ...२
भनि देउ तिमी के हो सोलुशन।


नजिक छैन जो कि, मेरो टाढा पनि छैन।
सम्झनामा पनि आउछ, सधै भरि हैन।
[कस्तो-कस्तो, कस्तो, कस्तो ...कस्तो,
यस्तो पनि, हुँदो रैछ माया।]...२

[होइन उ बालख बेलाको साथी।
न छ आशक्ति, मेरो उ माथि।]...२
भेट हुँदा लाग्छ, देख्या-देख्या झैँ। ...२
हेर्दा हेर्दै ....हेर्दा-हेर्दै कस्तो,
यस्तो पनि हुँदो रैछ माया।

[नदेखे पनि लाग्दैन तुल्बुल।
भेट हुँदा अलि मन हुन्छ चुलबुल।]...२
उ घाम होइन, तर छ न्यानो। ...२
शितल छर्ने ...२  आगो जस्तो,
कस्तो हुँदो रैछ माया।

नजिक छैन जो कि, मेरो टाढा पनि छैन।
सम्झनामा पनि आउछ, सधै भरि हैन।
[कस्तो-कस्तो, कस्तो, कस्तो ...कस्तो,
यस्तो पनि, हुँदो रैछ माया।]...२
You Might Also Like These Songs
Total Views