C
पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टालें।
त्यहि साल माया फाट्यो, त्यसलाई पनि मन ले टालें।
यसपाली त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो?

C                               G                           C
स्वास फेरे जस्तो लाग्छ, तर भन्छन मरी सकें।
मेरो भाग्य यति नै हो, भोग चलन गरि सकें।
सलहको भाग्य मेरो, मर्ने बाच्ने ठेगान छैन।
भाग्य फाटे जोढ्थे बरु, तर मन सिउने के ले हो?

सुख के हो दुख के हो, मनले खोज्ने खुशी के हो?
भावीले निधारमा कर्म, लेखिदिने मसि के हो?
कर्म लेख्ने मसि के हो? भाग्य तोक्ने कसी के हो?
कर्म फुटे जोढ्थे बरु, तर मन जोड्ने के ले हो?

पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टालें।
त्यहि साल माया फाट्यो, त्यसलाई पनि मन ले टालें।
यसपाली त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो?

F         C          F      C
चौतारीमा, बसेर रुन पाउँ।
C       Em     A#             F
मनको पिर, आँसुले धुन पाउँ।
F              C        F      C
गौँथलीको के घर, के गाउँ।
F     G       A#      F
दुखियाको के थर, के नाउँ।

F                               C       F     C
[पीपलले पालुवा फेर्यो, पुरानो भो वर।
C                 F   G          F
कर्मले ठगेपछी, बिरानो भो घर।]... २
F        Fm        F 
दिनदशा वरवर हो।
F                            F
दिनदशा वरवर, संगीसाथी पर।
F                              D#              F
न्याउलीको भाका सुन्ने, कल्लाई खाँचो छ र।
C
चौतारीमा।

[बाँचु कति दोधारको, यस्तै जिन्दगानी।
मनभरी आगो लिई, आँखाभरी पानी।]…२
पराईले मन भाँचे हो।
पराईले मन भाँचे, आफन्तले जोड्ने।
आफन्त नै वैरी परे, कस्लाई गुहार भन्ने।

चौतारीमा, बसेर रुन पाउँ।
मनको पिर आँसुले धुन पाउँ।
गौँथलीको, के घर के गाउँ।
दुखियाको के थर, के नाउँ।

नेपाली, गौरव गर्छौ आफ्नै पनमा, घमण्डी चै होइनौ है।
सबैको साथी बन्ने बानी हाम्रो, पछौटे त होइनौ है।
नेपाली।

[आज पनि छ धामी-झाक्री हाम्रै नेपाली।
तर मरेको छैन ठुला ठुला, वैध हाम्रै नेपाली।]…२
निदारमा नाम्लो अढाई, जीवन काट्ने नेपाली।
निदारमै विद्या अटाई, विद्वान छ नेपाली।
छातीमा माया कसी पनि राख्न सक्ने, हाम्रो नेपाली।
छातीमै, गोली पनि सहिदिन सक्ने, हाम्रो नेपाली।

[रावन झैँ राक्षस बन्न सक्छ, हाम्रो नेपाली।
तर आदर्श रामको भुली जाने होइन, हाम्रो नेपाली।]…२
माया गर्नेको हामी, मायालु हौ नेपाली।
बैरी भएमा, बिषालु पनि छ  नेपाली।
काँधमा, मादल भिरी लैबरीमा नाच्छन, हाम्रो नेपाली।
काँधैमा, बन्दुक भिरी लढ्न पनि सक्छ , हाम्रो नेपाली।
नेपाली।


चौतारीमा बसेर रुन पाउँ, मनको पिर आँसुले धुन पाउँ।
गौथलीको के घर के गाउँ, दुखियाको के थर, के नाउँ।

[पीपलले पालुवा फेर्यो, पुरानो भो वर।
कर्मले ठगेपछी, बिरानो भो घर।]…२
दिनदशा वरवर…२, संगीसाथी पर।
न्याउलीको भाका सुन्ने, कस्लाई खाँचो छ र।

चौतारीमा ….

[बाँचु कति दोधारको, यस्तै जिन्दगानी।
मनभरी आगो लिई, आँखाभरी पानी ।]…२
पराईले मन भाँचे…२, आफन्तले जोड्ने।
आफन्त नै वैरी भए, कस्लाई गुहार भन्ने।

चौतारीमा बसेर रुन पाउँ, मनको पिर आँसुले धुन पाउँ।
गौथलीको के घर के गाउँ, दुखियाको के थर, के नाउँ।



फुललाई सोधेँ, कहाँ गयो, कता गयो भँमरा।...२
लजाएर फुलले भन्यो, कहाँ गयो, कता लाग्यो।
मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले।

वनलाई सोधेँ, कहाँ भाग्यो बादल।...२
सुसाएर वनले भन्यो, कहाँ गयो, कता लाग्यो।
मेरो तन रुझाएर, पानीले बैमानीले।
मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले।
गोरेटोलाई मैले सोधेँ, कहाँ गयो बटुवा।...२
समाएर उसले भन्यो, कहाँ गयो, कता लाग्यो।
मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले।

खोला भन्छ निर्मोहीको, त्यो मोहले नै गर्दा।
बैँस गयो, उमेर गयो, खोजि हिँड्नुपर्दा।
भेट्छु होला, त्यो निष्ठुरीलाई, त्यो घुम्तिनिर भनि।
खोजी हिँड्छ अभागी त्यो, बतासले पनि।
कठै बरा, कसलाई होला, बुझ्नै सकिन मैले।
वितयोग यहाँ फर्केको, अझ छैन फर्केको।

फुललाई सोधेँ, कहाँ गयो, कता गयो भँमरा।...२
लजाएर फुलले भन्यो, कहाँ गयो कता लाग्यो।
मेरो मन चोरिलग्यो, त्यसैले बैगुनीले।...२



हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन।

सुम्पिए हृदय तिमीलाई, हृदय मेरो नतोड।
जीवनको बाटो छ लामो, एकलै बिचमा नछोड।
आकाश धर्ती साछी छ, हृदयको माया तिम्रै हो।
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो।

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।

जोवन हाम्रो एकबाजी, फूलेको सम्झ मायामा।
हृदयको माया मेरो, एकबाजी सुम्पेको सम्झना।
सुम्पेको तिम्रो त्यो माया, भुलाउने छैन आजन्म।
सम्झना राख्ने छु सधै, बाँधेको बाचा मायामा।

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन।



[एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ।
सहन नसकि आँखा बाट, आँसु त्यसै झरिदिन्छ...२।]...२

रोजेको थिए, तिमीलाई मैले, आफ्नो नै बनाउछु भनि।...२
खोजेको थिए, जीवन भरि, तिमी संगै बिताउछु भनि...२।
एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ।
सहन नसकि आँखाबाट, आँसु त्यसै झरिदिन्छ...२।

सम्झेको थिए, तिमीलाई मैले, बतास झैँ बत्तिएर जादैनौ भनि।...२
सम्झेको थिए, जिन्दगी भरि, बिछोड कहिल्यै हुदैनौ भनि...२।

एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ।
सहन नसकि आँखा बाट, आँसु त्यसै झरिदिन्छ...२।



जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।...२
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

म धेरै टाढा हुन्न, तिमीले मलाई खोज।
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न।
तिम्रै नशालु हाथले, तिमीले मलाई छोउ।
म डराए जस्तो गर्छु, तिमीले आँट मलाई देउ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा।
ति कोमल पाखुरामा, तिमीले मलाई थाम।
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ।
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।



ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]... २
अध्यारो के हो र, माया पिरती अघि,
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।

ए कान्छा मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याउन।
बादललाई गाँसेर आँचल बनाइदेउन।]... २
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
छेउछेउमा ताराको जलप लगाइदिउला।

[ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]...२


यो मन त तलाऊ हो। ...२
ढुंगा नफेंक, फेर्दै छु सास, बतास न छेक।
बरु अन्त जतासुकै टेक।...२
दुखेकै ठाउमा, विन्ती नटेक...२।

दहसरी गहभरि, आँसु सुकेछ ओरिपरि।
बुझेपछि हल्लाउनु किन।
भरिएको मनलाई, चलाउनु किन...२।
यो मन त तलाऊ हो।

बहेपनि, रहेपनि, घाउ नै हो, जती सहेपनि।...२
बुझेपछि, उपक्याउनु किन।
हलिंदो मनलाई, कोट्याउनु किन...२ ।
यो मन त तलाऊ हो।
.......

यो गीत को बाँकि शब्द कसैलाई थाहा छ भने कृपया हामीलाई पठाएर सहयोग गरिदिनु होला।



[विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२]...२

मायाको डोरी बाट्दैथे, पराई आँखाले काटेछ।...२
हुरी बतासलाई छेक्दैथे...२, बिचैमा पर्दा फाटेछ।
विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२

जिन्दगी परेछ आँधीमा, भुमरी भित्रको यात्रामा।...२
तिमीसंग हाँसेको यो जीवन...२, रोइदियो सबैको माँझमा।
विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२

विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२ 



[भेटिनु छुटिनु त के हो र, संसारको रित हो।
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो।]...२

नदिनु साथ कसैको जब, अन्तै छ मन भने।...२
न बाढ्नु खोक्रो कामना, पापी छ मन भने।
मेरो चोखो प्रेम कमाउनु नै, त्यो तिम्रो जीत हो।
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो।

लाग्दैन खुशी त के भयो, म रुन्छु बेस्सरी।...२
सम्पूर्ण आफु-आफु मै, म हुन्छु त्यस घढि।
मेरो लागि यस्ता आँसु नै, जीवन अमृत हो।
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो

भेटिनु छुटिनु त के हो र, संसारको रित हो।
नसम्झ तिमी यो मेरो, बिदाको गीत हो।



सबैले भन्थे मायालु फुल भई आँखामा फुल्छु
कर्मैले हजुर आँशुमा म फुले ...2
म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा म भुँले ...2

सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ ....2

न घर मेरो न वन मेरो यहि मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै म सुके ....2



[उडी जाऊ भने, म पन्छी होइन।
बसन हे लै मन छैन। ] ...२
खसमको मोहनी लगेर हो कि,
होश मेरो हे लै यहाँ छैन।

फुलै-फुल बीच पनि मन मेरो फुल्दैन। ...२
लाखौ तारा के गर्नु मैले, त्यहाँ मेरो दुख छैन।
बिरहको आगो निभाउन खोज्छु,
आँसु ले हे लै मेटिदैन।
खोलाको पानी सिन्दुर टिका,
मेटाउन हे लै सकिदैन।

पिरतीको दियो छैन, चिता बाट दियौ भने। ...२
चोट पनि मिठो लाग्छ, मायालुले दियो भने।
टाढा छ खशम मेरो, सुन्छ हे लै सुन्दैन।
बन्दगी मुटु उकास्न फेरी,
आउंछ कि हे लै आउदैन।

[ उडी जाऊ भने, म पन्छी होइन।
बसन हे लै मन छैन। ] ...२
खसमको मोहनी लगेर हो कि,
होश मेरो हे लै यहाँ छैन।


[उदास मेरो, जिवन कथा, कसैलाई भनिन।
यो जन्म भरी, सहेको व्यथा, त्यो पनि भनिन।]...२

बेदना मेरो, छन शुन्य केवल, पहरा सुसाई।...२
साहारा विना जिन्दगी देख्ने, छन जुन विझाई।
जिवनदर साँघुरिगयो, परन्तु को देख्छ।
आफन्तलाई सम्झना रहे, परन्तु जो देख्छ।
उदास मेरो, जिवन कथा।

कपुर जस्तो, जिवन दिनदिन, उड्दछ अनन्त।...२
औँशीको रात, विपतको खेल, खेल्दछ बसन्त।
विरही वनमा, भौँतारि खेल्छु, खोजेर सृजना।
निराश मेरो, जिन्दगी देख्छु, के मेट्छु तिर्सना।

उदास मेरो, जिवन कथा, कसैलाई भनिन।
यो जन्म भरी सहेको व्यथा, त्यो पनि भनिन।
उदास मेरो, जिवन कथा। 


लहरे वर घुमाउने चौतारी। ...२
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन। ...२
बैरागीको मनलाइ बरिलै।
लहरे वर घुमाउने चौतारी।

आकाशको कालो बादल, मनभरि छायो। ...२
हास्ने खेल्ने उमेरलाई, के ले हो रुवायो। ...२
माइतीको आश, बलिबाश, जिउको नाश बरिलै। ...२
लहरे वर घुमाउने चौतारी।

डाँडामाथि झुल्के घाम आँखामा छ रात। ...२
आफन्तको भिंडबिच, कोहि छैन साथ। ...२
कहाँ मेरो गाउँ, कुन हो ठाउँ, के हो नाउँ बरिलै। ...२

लहरे वर घुमाउने चौतारी। ...२
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन। ...२
बैरागीको मनलाइ बरिलै।
लहरे वर घुमाउने चौतारी।



हो ....हो ...हो
[हाँगा-हाँगा बनभरि, चैत फुलेछ।
थाहा नपाई मनभरी, बैश फूलेछ।] ...२

[कता-कता कसैलाई भेटे-भेटे झै।
संग्लो पानी पिई तिर्खा मेटे-मेटे झै।] ...२
कोहो-कोहो दुइ आँखामा आइ डूलेछ।
थाहा नपाई दुइ आँखामा प्रित फुलेछ।

[एकजोडी आँखा संधै हाँसो-हाँसो झै।
एउटा माला फूल टिपी गान्सु-गांसु  झै।] ...२
कसो-कसो बिहानीको निंद खुलेछ।
थाहा नपाई दुइ आँखामा प्रित फुलेछ।

हाँगा-हाँगा बनभरि, चैत फुलेछ।
थाहा नपाई मनभरी, बैश फूलेछ।
You Might Also Like These Songs
Total Views