नरम यो नौनी जस्तै, गरम यो अग्नी जस्तै।
छ तन इन्द्रेनी झै, चम्किलो जुन जस्तै।
मलाई पुगेन पुगेन यो बैंसले।…४
खै किन हो किन।…२

[धर्तिमा छैन, अड्दैन पाउ, उड्दैछ मन यो  माथि।
बादल लाई छेडी, तारालाई  भेटी, जुन संगै हास्छु साथी।]…२
सागर मा डुबे पनि, प्यास अझै छ उस्तै।
मोती नै भेटे पनि, सपना अधुरो उस्तै।
मलाई पुगेन पुगेन यो बैंसले।…४
खै किन हो किन।…२

[हर सोच नौलो, हर चिज नौलो, हर दिन लाग्छ नौलो।
हर धुन नौलो, हर सुर नौलो, उमङ नौलो नौलो।]-२
फुल ढलि फक्रे पनि, रहर छ उस्तै।
परी नै बनेपानी श्रिङ्गार अधुरो उस्तै।
मलाई पुगेन पुगेन यो बैंसले।…८
You Might Also Like These Songs
Total Views